धर्ना दिइरहेका मुक्त कमलरीहरुमाथि राज्यको तर्फवाट निर्घात दमन (फोटो फिचर)

काठमाडौँ, २० जेठ / विभिन्न माग राखी सिंहदरबार घेराउ गर्न गएका मुक्त कमलरी हरुमाथि  राज्यको तर्फवाट निर्घात कुटपिट गरिएको छ ,हिजो मुक्त कमलरी हरु  र

प्रहरीबीच   झडप हुँदा करिब २५ जना कमलरी घाइते भएका छन् भने तीन दर्जन कमलरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरिय प्रहरी प्रभाव सिंहदरवारका प्रहरी निरिक्षक निशान थापा को  निर्देशनमा यस्तो घटना भएको  स्रोत ले बताउछ  ।

मुक्त कमलरीलाई परिचयपत्र दिइनुपर्ने, उनीहरुकोे व्यवस्थापन हुनुपर्ने, ललितपुरमा गत चैतमा शङ्कास्पद रुपमा मृत्यु भएकी कमलरी सिर्जना चौधरीको घटनाबारे छानबिन हुनुपर्ने माग राख्दै हिजो उनीहरु सिंहदरबार घेराउ गर्न पुगेका थिए ।

मुक्त कमलरीले अनामनगरको हनुमानस्थान हुँदै सिंहदरबारको दक्षिणगेटतर्फ अगाडि बढ्दै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट घाइते भएकाहरुको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल र वीर अस्पतालमा उपचार भइरहेको छ ।

कमलरीको आफ्नो माग सुनुवाइ हुनुपर्ने माग गर्दै विगत छ दिनदेखि रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना बसिरहेकामा हिजो  सिंहदरबार घेराउ गर्न गएका थिए ।
हेर्नुस हिजो देखिएका द्रिस्य हरु
फोटो :  सन्तोस धिताल

nepal_kamali (5)-001nepal_kamali (3)-001nepal_kamali (2)-001nepal_kamali (1)-001nepal_kamali (4)-001

तपाइँको प्रतिक्रिया ।