जन सेवामा निरन्तर सक्रिय नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानिया (सवुज)
कपन अनलाइन
काठमाडौ,असोज २२।
नेपाली कांग्रेस काठमाडौं जिल्लाका सभापति कृष्ण बानिया (सवुज) को जन्म २०२० शालमा काठमाडौं गोंगवु बानियाटारमा भएको थियो ।नेपाली कांग्रेस काठमाडौंको राजनीतिमा निरन्तर सक्रिय र क्रियाशील रहेका बानिया पार्टीको तल्लो तह बाट माथि उठेका लोकप्रिय नेता हुन ।
२०३९ शालमा क्याम्पस अध्ययनरत रहदा तत्कालिन गाउ पंचायतका व्यक्तिहरुले अरास्ट्रिय तत्व घोषणा गरे पछी तत्कालिन व्यवस्था विरुद्ध सक्रिय बनेका बानिया त्यस पश्चात निरन्तर राजनीतिक गतिविधिमा छन ।
नेपाली कांग्रेसको जन संगठन नेपाल विद्यार्थी संघ बाट औपचारिक राजनिती सुरु गरेका बानिया तात्कालिन गोंगवु गाविसका निर्वाचित अध्यक्ष समेत हुन् । गाविस अध्यक्ष रहदा स्थानीय जनताको काममा हरसमय खटेका बानियाले त्यस समयमा लोकप्रिय जन प्रतिनिधिको परिचय बनाएका थिए ।
बानियाले आफ्नो राजनीतिक जीवनको यात्रामा तत्कालिन गोंगवु गाविसको इकाई सभापति ,प्रकाश मान सिंहको सभापतित्व कालमा काठमाडौं जिल्ला समिति सदस्य रहेर काम गरिसकेका छन ।
त्यस पश्चात पनि निरन्तर जिल्ला समितिमा रहेका उनले काठमाडौं जिल्ला क्षेत्र नं ६ को क्षेत्रीय सभापतिको रुपमा पनि नेतृत्व प्रदान गरेका थिए ।
नेपाली कांग्रेसका विभिन्न केन्द्रिय महाधिवेशनमा प्रतिनिधि र महासमिति सदस्य रहेका बानिया अहिले काठमाडौं क्षेत्र नं ६ मा प्रत्यक्ष तर्फ उम्मेदवारको सिफारिसमा परेका छन।
अघिल्लो संविधान सभामा काठमाडौं जिल्लाका १० मध्ये ८ क्षेत्रमा नेपाली कांग्रेसले विजय प्राप्त गर्दा आफ्नो क्षेत्रमा सक्रिय रहेका बानिया कार्यकर्ता र नेताहरु विच राम्रो सम्बन्ध स्थापित गर्न सफल रहेका नेता हुन् ।