नेपाली काँग्रेस काठमाडौ क्षेत्र नं ४ प्रदेश क्षेत्र-१ को चियापान कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,असोज २१।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ ले प्रदेश क्षेत्र -१  को भेटघाट एवं चियापान कार्यक्रम आज चाबहिल,गणेशस्थान चौरमा सम्पन्न गरेको छ ।कार्यक्रमको  प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं ४ का सभासद  गगन थापा र अतिथि काठमाडौँ क्षेत्र नं ४ का क्षेत्रीय सभापति राजु श्रेष्ठको रहेका थिए ।

आसन्न  प्रदेश एवं केन्द्रको निर्वाचनको तिब्र तयारीमा जुटेको काँग्रेसले प्रचार एवं नियमित कार्यक्रमको तालिका  बनाई क्षेत्र भरि  इकाई मार्फत  लिएर जाने योजना गरेको कामपा वडा नं ७ इकाइका सभापति प्रवेस लामिछानेले बताए  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले बाम तालमेलको जग बलियो नरहेको र यसमा धेरै कुराहरु लुकेको बताउदै  प्रदेश सभाका स्थानीय नेता र कार्यकर्तालाई पार्टी केन्द्रीय कमिटिको योजना कार्यान्वयनका लागि  निर्देशन प्रस्तुत गरेका थिए ।

काठमाडौँ महानगरपालिकाको चार वटा वडा रहेको यस प्रदेश क्षेत्र का नेता कार्यकर्ता एवं सिफारिस भएका उम्मेदबारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संयोजन विनोद दवाडीले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।