नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ ले उम्मेदवार सिफारिस गर्यो

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ ले उम्मेदवार सिफारिस गर्यो

कपन अनलाइन 

काठमाडौ,असोज २०  ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदर्शन आचार्य, मुकुन्द रिजाल, विजय मालीको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ क्षेत्र नं ७ बाट श्रीराम उपाध्याय, कमला राजभण्डारी र अस्तुसिंह चौधरीको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ७ (१ ) मा प्रगतिमान रञ्जित, प्रमोदहरि गुरागार्इँ, राजीव श्रेष्ठ, विनोद पन्त, प्रशान्तमान सिंह मास्के, रविन्द्र हाडा र द्वारिका महर्जनको नाम सिफारिस गरिएको छ ।त्यस्तै समानुपातिकमा यस प्रदेस क्षेत्रमा भक्तराज भुषाल, होमनाथ पोखरेल  र  सिताराम केसीको नाम सिफारिस गरिएको छ।

त्यस्तै क्षेत्र नं ७ (२ ) मा  प्रत्यक्ष तर्फ धर्मराज अर्याल, सिर्जना बुर्लाकोटी, सविन तामाङ र माया फुयाँलको सिफारिस गरिएको छ । त्यस्तै समानुपातिक तर्फ सरस्वती भट्ट, रसिला लामा र अम्विका रेग्मीको नाम सिफारिस भएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।