तारकेश्वर नगरपालिकाको सामाजिक सुरक्षा भत्ता सम्बन्धि जरुरी सूचना
कपन अनलाइन
काठमाडौ,असोज १८ ।
तारकेश्वर नगरपालिका वडा नं ८ ,९ ,१० र ११ को सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने महानुभावहरुले बैंक खाता सिभिल बैंकमा खोली प्राप्त गर्नका लागि नगरपालिकाले सुचना जारि गरेको छ ।
बैंक खाता खोल्नका लागि नागरिकताको सक्कल र नक्कल ,फोटो ४ प्रति ,साविकको परिचय पत्र र विधुवाको हकमा मृत्यु दर्ताको फोटो कपी संलग्न गर्नु पर्नेछ ।
खाता खोल्नका लागि निम्न मिति र स्थान तय गरिएको छ ।
वडा नं ८ – २०७४/६/२२ वडा कार्यालय भवन
वडा नं ९ -२०७४/६/२३ अजिमा युवा क्लव
वडा नं १० – २०७४/६/२४ मन मैजु सांस्कृतिक भवन
वडा नं ११ -२०७४ /४/२५ एल आर क्याम्पस
तपाइँको प्रतिक्रिया ।