नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले उम्मेदवार सिफारिस गर्यो
कपन अनलाइन
काठमाडौ,असोज १८
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले प्रतिनिधि सभा क्षेत्र र प्रदेस क्षेत्र तर्फका उम्मेदवार सिफारिस गरेको छ । धेरै आकांक्षीहरु देखिए पछी क्षेत्रीय समितिको २ दिन चलेको बैठकले विभिन्न नामहरु जिल्ला समिति समक्ष सिफारिस गरेको हो।
नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रतिनिधि सभा क्षेत्र तर्फ वतर्मान सांसद एबम नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापा ,नरोत्तम बैध र जानु घिमिरेको नाम सिफारिस गरेको नाम नबताउने सर्तमा एक क्षेत्रीय सदस्यले कपन अनलाइनलाई बताए ।
त्यस्तै कामपा वडा नं १,७,८ र ३० रहेको प्रदेस क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनको लागि काँग्रेस महासमिति सदस्य कर्मा छेरिङ्ग शेर्पा, राधा घले र श्रीराम लामिछाने लगायतका आधादर्जन नेताहरुको नाम सिफारिस गरेको श्रोतले बतायो ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १,२,८,९,१० ,११,१२ र १३ रहेको प्रदेस क्षेत्र नं २ को प्रत्यक्ष निर्वाचनको लागि साधुराम खड्का ,मन श्रेष्ठ , राजाराम बुढाथोकी र आत्माराम पौडेल लगायतको नाम सिफारिस भएको स्रोतले बताएको छ ।सिफारिस भएका नामहरुको वारेमा आजको जिल्ला समितिले अन्तिम निर्णय गर्नेछ।