नेकपा एमाले काठमाडौं क्षेत्र नं ७ ले उम्मेदवार सिफारिस गर्यो

कपन अनलाइन 

काठमाडौ,असोज १८ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ७ ले प्रतिनिधि सभा र प्रदेस क्षेत्र को लागि उम्मेदवार सिफारिस गरेको छ ।नेकपा एमाले प्रतिनिधि  सभा  क्षेत्र समन्वय कमिटिका संयोजक रामवीर  मानन्धरको अध्यक्षता मा बसेको बैठकले वर्तमान सांसद रामवीर मानन्धरको नाम प्रतिनिधि सभा क्षेत्रको लागि सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

त्यस्तै उक्त बैठकले प्रदेस क्षेत्र नं १ जसमा काठमाडौं महानगरपालिकाका वडा नं १६,१७,१८र २५ रहेका छन त्यस तर्फ बसन्त मानन्धरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ।

सोहि बैठकले प्रदेस क्षेत्र नं २ जसमा तारकेश्वर नगरपालिकाका वडा नं ३,४,५ र नागार्जुन नगरपालिका का वडा नं १,२,३ रहेका छन सो तर्फ धेरै आकांक्षी भए पछी श्याम कुमार घिमिरे ,बिदुर अर्याल , प्रकाश श्रेष्ठ ,ईश्वरी धिताल , रामेश्वर देवकोटा ,भास्कर लेकाली , हरि दाहाल , मेदिनी प्रसाईं , सपना अर्याल र  शिवकुमारी अर्याल लगायतको नाम सिफारिस गरिएको एक क्षेत्रीय सदस्यले बताए ।

तपाइँको प्रतिक्रिया ।