अश्लील उद्योग को अन्तरकथा

तपाईंले यो सामग्री पढिरहँदा संसारभर कम्तीमा तीन करोड मानिस इन्टरनेटमा पोर्न भिडियो हेरिरहेका होलान् । अध्ययनका अनुसार प्रत्येक मिनेटमा संसारभर तीन करोडले पोर्न फिल्म हेरिरहेका हुन्छन् भने हरे450-mens-health-sex-07क नौ मिनेटमा एउटा नयाँ भिडियो क्लिप इन्टरनेटमा अपलोड भएको हुन्छ ।

♥ कार्यालयमा काम गरिरहेको अवस्थामा नै २० प्रतिशत पुरुषले सेक्सम्बन्धी सामग्री हेर्ने गरेको युट्युबको नम्बर १० च्यानलको दाबी छ । अर्को तथ्य के छ भने इन्टरनेटमा पोर्न फिल्म हेर्ने दर्शकमध्ये २५ देखि ३३ प्रतिशत महिला हुन्छन् । तर, पैसा तिरेर पोर्न हेर्ने मामिलामा महिला निकै कन्जुस छन् । पोर्न हेर्नेमध्ये केवल दुई प्रतिशत महिलाले मात्रै पैसा तिर्ने वेबसाइट चलाउँछन् ।

♥ अर्को महत्त्वपूर्ण तथ्य, पोर्न फिल्ममा काम गर्ने पुरुषको तुलनामा महिलाले कैयौँगुणा बढी पारिश्रमिक पाउँछन् । प्रोड्युसरले केवल एक सिनका लागि केटीलाई ६ सयदेखि एक हजार डलरसम्म दिन्छन् । जब कि केटाले एक सय ५० डलरभन्दा पनि कम पाउँछन् ।

♥ अर्को तथ्यले तपाईंलाई झन् आश्चर्यचकित बनाउनेछ । नम्बर १० च्यानलका अनुसार पोर्न फिल्ममा काम गर्ने ८० प्रतिशत व्यक्तिलाई यौनरोगको सम्भावना आममानिसलाई भन्दा कम हुन्छ । जब कि पोर्न फिल्ममा कन्डमको प्रयोग कमभन्दा कम गरिन्छ । पोर्न फिल्म उद्योगको दबदबा अमेरिकामा पनि यति धेरै छ कि सरकारले कन्डमलाई बाध्यकारी तुल्याउने कुनै कानुन बनाउन सकेको छैन । अघिल्लो चुनावमा आफ्नो पक्षमा नीति बनाउनका निम्ति पोर्न उद्योगले बाराक ओबामालाई समर्थन गरेको थियो ।

♥ प्रसिद्ध पोर्न फिल्म बुगी नाइट्समा काम गर्ने डि्रक डि्रग्लर -हिरो) र अम्बर वेब्स -हिरोइन) साँच्चिकै श्रीमान्-श्रीमती हुन् । यद्यपि, अधिकांश पोर्न फिल्ममा काम गर्ने कलाकारले पहिले एक-अर्कालाई चिनेकै हँुदैनन् । सुटिङभन्दा एक घन्टापहिले मात्रै उनीहरूको भेट भएको हुन्छ । पोर्न फिल्ममा काम गर्ने थुप्रै स्त्री तथा पुरुष विवाहित छन् । तर, उनीहरू सकभर आफ्नो वैवाहिक सम्बन्ध लुकाउँछन् । कतिपय कलाकार आफूले देख्नै नचाहने वा कत्ति पनि नरुचाउने व्यक्तिसित पनि सुटिङ गरिरहेका हुन्छन् ।

♥ पोर्न फिल्ममा देखाइने सबै दृश्य शतप्रतिशत साँचो हुन्छ । थोरै अभिनेत्री पोर्न फिल्मको सुटिङ गर्दा साँच्चिकै मजा पनि लिन्छन् । तर, अधिकांश अभिनेत्री केवल मजा लिएको अभिनय मात्र गर्छन् । सुटिङ गर्दा उनीहरू मनोरञ्जन लिएको नभई काम गरेको अनुभव गर्छन् । उत्तेजित अवस्थामा विभिन्न आवाज निकालेर कराएका-चिच्याएका दृश्य सबै नाटक हुन् । पुरुषको हकमा पनि यही हो । सुटिङमा आफ्नो औजारलाई उत्तेजित तुल्याउनु नै पुरुष कलाकारलाई सबैभन्दा ठूलो
चुनौती हुन्छ ।

♥ पोर्न फिल्म निर्माण गर्ने कम्पनीमध्ये एकाधले मात्रै सुटिङमा कलाकारलाई कन्डम प्रयोग गर्न लगाउँछन् । प्रायः कम्पनी यही चाहन्छन्- कन्डमको प्रयोग कलाकारले नगरून् । यति मात्र होइन, यदि कुनै अभिनेत्रीले सुटिङमा आफूसित सेक्स गर्ने पुरुषले कन्डम लगाउनुपर्ने माग गरिन् भने उनको मार्केट छिटै डाउन हुन्छ । उनीहरूलाई इन्डस्ट्रीमा टिक्नै धौधौ हुन्छ । कन्डम प्रयोग गर्दा दृश्यको रोमाञ्चकता घट्ने विश्वास गरिन्छ ।

♥ पोर्न फिल्ममा कुनै टि्रक गरिएको हुँदैन । जे देखाइएको हुन्छ, त्यो दृश्य वास्तविक रूपमै खिचिएको हुन्छ । पोर्न फिल्म निर्मातादेखि लिएर, क्यामेराम्यान, मेकअप आर्टिस्ट, कलाकार सबैले सरकारबाट अनुमतिपत्र लिएर बकाइदा कर तिर्नुपर्छ । अमेरिकामा पनि अनुमतिविना कसैले पोर्न फिल्म बनाएको, खेलेको पाइए प्रहरीले समात्छ । प्रायः पोर्न फिल्मका कलाकार तथा निर्माता समाजमा खुलेरै हिँडिरहेका हुन्छन् । कोही-कोही भने लुकिछिपी यस्तो काम गर्छन् । धेरैजसो अभिनेत्रीले परिवारलाई जानकारी दिएर वा सहमतिमै यो काम गरेका हुन्छन् । कतिपयले त परिवारसँगै बसेर आफ्नो फिल्म हेर्ने गरेकोसमेत बताउने गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।