नेपाली मजदुर हरुको न्यूनतम तलब आठ हजार

काठमाडौं, १४ जेठ/ अब मजदुरहरूको न्यूनतम पारिश्रमिक आठ हजार रुपैयाँ भएको छ ।361

गएराति भएको सरकारी अधिकारी, निजी क्षेत्रका रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको त्रिपक्षीय वार्तामा न्यूनतम पारिश्रमिक आठ हजार रुपैयाँ बनाउने सहमति भएको हो । यसअघि मजदुरको न्यूनतम पारिश्रमिक ६ हजार दुई सय रुपैयाँ थियो । मजदुरहरूको दैनिक ज्याला भने ३१८ रुपैयाँ तोकिएको छ ।

यसअघि दैनिक ज्याला २३१ रुपैयाँ थियो । तलब निर्धारण समितिका अनुसार पाँच हजार एक सय रुपैयाँ मासिक तलब र दुई हजार नौ सय महँगी भत्ता गरी न्यूनतम तलब आठ हजार तोकिने सहमति भएको बताइएको छ ।

यो सहमतिका प्रावधानअनुसार राजपत्रमा सूचना प्रकाशित भएपछि नयाँ पारिश्रमिक लागू हुने भएको छ । तर, ट्रेड युनियनहरूले भने मजदुरको न्यूनतम पारिश्रमिक १२ हजार हुनुपर्ने माग गदै आएका छन् ।

तपाइँको प्रतिक्रिया ।