जारी गोर्खा कप फुटबलमा आजबाट दोस्रो चरणका खेलहरु सुरु

काठमाडौं, १४ जेठ/ राजधानीमा जारी गोर्खा कप फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू हुने भएका छन् ।

दोस्रो चरणको खेलअन्तर्गत आज समूह ‘ए’का दुईवटा खेल हुनेछन् । दशरथ रंगशालमा दिउँसो २ बजे हुने पहिलो खेलमा सरस्वती युथ क्लबविरुद्ध झापाको मुनाल क्लबले प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीलाई क्वाटरफाइन प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
FOOTBALL
त्यसैगरी आजै दिउँसो ४ बजे हुने अर्को खेलमा पुलिस क्लबले मछिन्द्रको सामना गर्नेछ । यी दुई टोलीेले भने अघिल्ला खेल जितिसकेका छन् । प्रतियोगिताअन्तर्गत हिजो भएको पहिलो खेलमा हिमालयन शेर्पाले ब्वाइज युनियनलाई २–० गोल अन्तरले पछि पारेको थियो ।

तपाइँको प्रतिक्रिया ।