आज २५५७ औं बुद्ध जयन्ती विश्वभर मनाइदै: कपनका गुम्बाहरुमा विषेश पूजाहुदै
आज २५५७ औं बुद्ध जयन्ती देश र विश्वभरका बुद्ध धर्मालम्बीहरुले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । कपनमा पनि आनी गुम्बा ,कपन गुम्बा ,फुलारी गुम्बा हरुमा विषेश पूजा अर्चना गरिदैछ ।
बुद्धले दिएको उपदेश र मार्गलाई अपनाई आफू स्वयं तथा सम्पूर्ण जगतले सुख शान्तीमय जिवन यापन गर्न सकियोस् भन्ने कामनाका साथ हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।
बुद्ध वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका, वैशाख शुक्ल पूर्णिमाकै दिन पहिलो उपदेश दिएका र वैशाख शुक्ल पूर्णिमाकै दिन निर्वाण प्राप्त गरेको कारण पनि यो दिनलाई महत्वपूर्ण मानिन्छ ।
यसैबीच राष्ट्रपति डा. रामवरण यादवले २५५७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति यादवले सन्देशमा सम्पूर्ण धर्मावलम्बी, जातजाती, भाषा भाषी एकताबद्ध भई आपसी सद्भाव स्थापना गर्न प्रेरित गर्ने आशा व्यक्त गरेका छन् ।
