आज २५५७ औं बुद्ध जयन्ती विश्वभर मनाइदै: कपनका गुम्बाहरुमा विषेश पूजाहुदै

आज २५५७ औं बुद्ध जयन्ती देश र विश्वभरका बुद्ध धर्मालम्बीहरुले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । कपनमा पनि आनी गुम्बा ,कपन गुम्बा ,फुलारी गुम्बा  हरुमा विषेश पूजा अर्चना गरिदैछ ।

बुद्धले दिएको उपदेश र मार्गलाई अपनाई आफू स्वयं तथा सम्पूर्ण जगतले सुख शान्तीमय जिवन यापन गर्न सकियोस् भन्ने कामनाका साथ हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।13052426183976बुद्ध वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका, वैशाख शुक्ल पूर्णिमाकै दिन पहिलो उपदेश दिएका र वैशाख शुक्ल पूर्णिमाकै दिन निर्वाण प्राप्त गरेको कारण पनि यो दिनलाई महत्वपूर्ण मानिन्छ ।

यसैबीच राष्ट्रपति डा. रामवरण यादवले २५५७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिएका छन्  । राष्ट्रपति यादवले सन्देशमा सम्पूर्ण धर्मावलम्बी, जातजाती, भाषा भाषी एकताबद्ध भई आपसी सद्भाव स्थापना गर्न प्रेरित गर्ने आशा व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।