दोश्रो पायोनीयर अन्तर स्कुल चेस टुर्नामेन्ट आजबाट शुरु

कपन ,जेठ १०, शुक्रबार । दोश्रो पायोनीयर अन्तर स्कुल चेस टुर्नामेन्ट शुक्रबार शुरु भयको छ  । आज पहिलो दिन सम्पन्न दुबै खेल जितेर आयोजक स्कुलका भुवन दाहाल र सन्देश कटुवालसहित नव जागृतिका सुरज चालिसे, रिलायन्सका सरोज राई, सोभित गौतम र संजोग कार्की, शारदा एकेडेमीका रोहित लामा, नोर्खिलएकेडेमीका अनिश नेपाल र शुशील तामाङ्ग तथा पुष्पलालस्मृति उमाविका निश्चल श्रेष्ठ समान २ अंकका साथ अग्रस्थानमा रहेका छन् । player
पायोनीयर इन्टरनेशनल पब्लिक स्कुल, कपनद्धारा आयोजित टुर्नामेन्टमा २० स्कुलबाट ४० जना खेलाडीहरु सहभागी छन् । यसअघि आयोजक स्कुलका ब्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद खकुरेलको सभापतित्व एक कार्यक्रमबीच राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना र सान निर्देशक केशवराज गौतमले संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो ।

तपाइँको प्रतिक्रिया ।