बुढानिलकण्ठ ३ पानीको मुहानमै पानीको हाहाकार

बुढानिलकण्ठ ३ पानीको मुहानमै पानीको हाहाकार

कपन अनलाइन 

काठमाडौ,असोज ४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ अन्य वडा भन्दा खानेपानीको धेरै श्रोत भएको वडा हो तर त्यो वडा अहिले बत्ति मुनिको अध्यारो जस्तो भएको छ।

त्यस वडाका वासिन्दाहरु अहिले खानेपानीको लाइनमा लाग्न बाध्य भएका छन ।तर यो समस्या प्राविधिक कारणले आएको हो किनकी पानी वितरण हुने पाइपमा केहि अड्किएर पानी निकास बन्द भएकोले यो समस्या भोग्न स्थानीय बाध्य बनेका हुन् ।

यस सम्बन्धमा बुझ्दा निलोपुल देखि करीव २०० मिटर माथी २-३ स्थानमा पाइप नै ब्लक भएकोले आउन नसकेको र सो को लागि टेक्निकल टिम सहित आज मर्मत गर्न आउने जानकारी पाएको वडा अध्यक्ष वाल कृष्ण श्रेष्ठले बताए। बैकल्पिक व्यवस्था नगरी मुहान सरसफाई गर्दा यो समस्या आएको उनको भनाइ थियो ।

स्थानीय सरकारका प्रतिनिधि र स्थानीय वासिन्दालाई पुर्व जानकारी नदिई सफा गर्दा यो समस्या आएकोमा स्थानीयवासीहरु आक्रोसित भएका छन ।  फोटो सौजन्य : रेश्मा प्रधान

 

तपाइँको प्रतिक्रिया ।