नेपाली कांग्रेस क्षेत्र नं ४ प्रादेशिक क्षेत्रको टिकट दौडमा न्हुक्षे नारायण श्रेष्ठ
कपन अनलाइन
काठमाडौ,असोज २।
आगामी मंग्सिरमा हुने प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचनमा उम्मेदवार बन्ने चलखेल राजनीतिक पार्टीहरुमा सुरु भैसकेको छ । काठमाडौं क्षेत्र नं ४ पनि यस बाट अछुतो छैन यहाका सबै राजनीतिक दलहरुमा अव बन्ने उम्मेदवारहरुको चर्चा परिचर्चा सुरु भैसकेको छ ।
काठमाडौं क्षेत्र नं ४ नेपाली कांग्रेसको लागि महत्वपूर्ण क्षेत्र रहेको छ ।लगातार २ वटा निर्वाचनमा प्राप्त गरेको विजय साथै नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाको निर्वाचन क्षेत्र रहेकोले पनि यो क्षेत्र सधै चर्चामा रहदै आएको छ ।
यो क्षेत्रमा महानगर र नगर गरि २ वटा प्रादेशिक क्षेत्र रहेका छन ।बुढानिलकण्ठ नगरपालिका तर्फको प्रादेशिक क्षेत्रमा उम्मेदवारहरुको अनौपचारिक दौड र दावीको क्रम सुरु भैसकेको छ ।यस क्षेत्रमा रहेका नेताहरु मध्ये उम्मेदवार बन्ने सम्भावना भएका एक नेता हुन् न्हुक्षे नारायण श्रेष्ठ ।श्रेष्ठको अहिलेको सक्रियता र भूमिकाले उनि यो दौडमा रहेको संकेत गर्ने नेपाली कांग्रेसका एक नेताले बताए ।
२०४२ शालको सत्याग्रह बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ २०४६ शालमा नेपाली कांग्रेस चुनिखेल गाउ कार्यसमिति उपाध्यक्ष र २०४८ शालको आम निर्वाचनमा चुनिखेलको प्रचार प्रसार संयोजक रहेका थिए ।
त्यस्तै २०५० शालमा काठमाडौं जिल्ला समिति सदस्य मनोनित भएका उनि १५ वर्ष लगातार सोहि पदमा क्रियाशील रहेका थिए ।नेपाली कांग्रेसको १२ औ महाधिवेशन २०६७ मा नेपाली कांग्रेसको क्षेत्रीय सभापति बनेका थिए ।
श्रेष्ठ २०४९ शालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन चुनिखेल गाविसको अध्यक्ष निर्वाचित भएका थिए ।
पछिल्लो चरणमा उनले बुढानिलकण्ठ नगरपालिकामा दलीय प्रतिनिधिको रुपमा पनि काम गरेका थिए ।उनि यस क्षेत्रका विभिन्न सामाजिक संघ संस्था र गतिविधिमा पनि संलग्न छन ।
नेपाली कांग्रेसको प्रादेशिक क्षेत्रमा श्रेष्ठको दावी रहेको र उनि अहिले यसको दौडमा रहेको श्रेष्ठ निकट श्रोतले बतायो ।उनलाई यो दौड सजिलो भने नरहेको एक क्षेत्रीय नेताले बताए । आन्तरिक शक्ति सन्तुलन र क्षेत्रीय सभापति राजु श्रेष्ठ ,आत्माराम पौडेल र साधुराम खड्का संगको आन्तरिक प्रतिस्पर्धा श्रेष्ठको चुनौती रहेको ति नेताको धारणा थियो ।त्यस्तै यो दौडमा रहेका युवा नेताहरु सानु श्रेष्ठ र विनोद चालिसे पनि चुनौती बन्न सक्ने ति नेताको ठम्याई छ।