बूढानिलकण्ठ नगरपालिकाको १०० दिनका मुख्य उपलव्धिहरु

बूढानिलकण्ठ नगरपालिकाको १०० दिनका मुख्य उपलव्धिहरु

कपन अनलाइन

काठमाडौ,असोज १  ।

बुढानिलकण्ठ  नगरपालिकाका जनप्रतिनिधि आफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन । स्थानीय तहको निर्वाचनमा विजयी बनेका जनप्रतिनिधिले २०७४ जेष्ठ १० गते सपथ ग्रहण गरे  पछाडिको १०० दिनमा नगरपालिकामा के कस्ता काम भए र ति काम सम्पन्न भए पश्चात कस्ता उपलव्धी भएका छन । यसै विषयमा बुढानिलकण्ठ नगरपालिकाले १०० दिनको कार्यकालमा गरेका कार्य विवरण कपन अनलाइन लाई उपलव्ध गराएको छ त्यसैको आधारमा यो तयार गरिएको छ ।

बूढानिलकण्ठ नगरपालिकाको १०० दिनका मुख्य उपलव्धिहरु

 *       नगरपालिका सम्म जनताको पहुँच बढेको

कुनै पनि विकास हुँदा यसले विभिन्न चरणहरु पार गर्नु पर्ने र त्यस मध्ये पहिलो चाही पहुँच  बढाउने तिर  ध्यान गएको नगरपालिकाले बतायो ।  हिजो सम्म नगरपालिकामा कहिल्यै पाइला नटेकेका वर्गका मानिस पनि आज चासो लिएर आउने वातावरण सिर्जना भएको नगरपालिकाले जनाएकोछ।

*  १३ वटा वडा कार्यालयले काम सुरु गरेको र  ६ स्थानमा रहेका वडा कार्यालयहरुलाई विस्तार गरेर १२ ठाउँमा सुरु गर्नुका साथै बाँकी एउटा पनि केही दिनमै सञ्चालनको पुर्ण तयारीमा रहेको नगरपालिकाले जनाएको छ ।

मन्त्रालयले कर्मचारी नियुक्ती पनि गर्न नदिएको र कर्मचारी पनि नपठाएको अवस्थामा आन्तरीक सरुवा बाट सबै कार्यालयबाट सेवा दिन सुरु गर्नुलाई पनि नगरपालिकाले उपलव्धि मानेको छ । कार्यसम्पादनको चुस्तताका लागि  तालिमको व्यवस्था गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिकाले सम्पन्न गरेका अन्य कामहरु 

   पुर्ण खोप सुनिश्चित नगरको घोषणाः

यस विचमा नगरपालिका  पुर्ण खोप सुनिश्चित घोषणा  भएको छ।

*        युवामैत्री हुने अवस्था सिर्जना

युवाको लागी छुट्टिएको बजेट युवा संसद, युवा परिचालनको नयाँ नीतिको व्यवस्थाले युवा मैत्रि नगरको रुपमा विकसित हुन खोज्दैछ विभिन्न कार्यक्रमहरुमा युवा सहभागिताको सुरुवात भएको छ।युवा परिचालनको कार्यविधी बन्ने क्रममा रहेको छ।

*        वातावरणको क्षेत्रमा वृक्षारोपणको कार्यक्रम सुरुवात

वृक्षारोपण गर्ने कार्यको सुरुवात भएको छ। नीजि क्षेत्र, स्थानीय क्लब सँगको सहकार्यमा गोल्फुटार(बूढानिलकण्ठक सडक खण्डको दाँया बाँया बिरुवा रोप्ने कार्यको सुरुवात भएको छ।

*        संघ सस्था हरु सँग बढेको सहकार्य

नगरपालिकाको  नीति अनुसार स्थानीय क्लब र संघसंस्थाहरुसँग सहकार्य अगाडी बढेकोछ। चाहे वातावरण दिवसको कार्यक्रम होस् या वृक्षारोपण , खेलकुद, सरसफाई रिसर्च जस्ता कार्यहरुमा पनि सहकार्य भएको छ। हालसालै वडा नं १ र २ मा महिला समुहको सक्रियता र नगरपालिकाको सहयोगमा फोहोरको उत्पादन घटाउनको लागी परियोजना सुरु भएको छ। जसमा अहिले डाटा कलेक्शनको काम भईरहेको छ।

*      चालु खर्च यथावत

हामी आएपछीको सबै भन्दा उपलब्धी र सकारात्मक पक्ष भनेको चालु खर्च नबढाउनु हो। गत वर्ष २८५ भन्दा धेरै भएको चालु खर्च यो वर्ष २५५मा झरेको छ। यसमा नगरपालिका अन्तर्गतका विभिन्न कार्यालयहरुको सञ्चालन खर्च, आपतकालिन खर्चहरु, आर्थिक सहायता,  कर्मचारीको तलब भत्ता सँगै शिक्षक, स्वास्थ्यका कर्मचारी र जनप्रतिनिधीहरुको तलब भत्ता पनि समेटिएको छ।

*      नीतिगत सुधारका प्रयास

नगरपालिकाले  १०० दिनमा गरेको अर्को सकारात्मक सुधार भनेको नीतिहरुमा आएको सुधारहरु हुन्। हरियाली दोब्बर गर्ने, महिलाका बजेट तालिममा मात्र भन्दा पनि केहि उत्पादन मुलक काममा लगाउने, पर्यटनलाई दिइएको प्राथमिकता, शिक्षाको लागी छुट्टिएको बजेट,  लागी दिइएको प्राथमिकताहरुलाई नगरपालिकाले  सकारात्मक पाटोका रुपमा लिएको छ ।

*        शिक्षा क्षेत्र प्राथमिकतामा

नेपाल सरकारले दिएको शिक्षाको बजेट बाहेक हामीले छुट्टै १ करोड ७० लाख शिक्षाको लागी विनियोजन गरेकोछ । जुन बजेट  शैक्षिक पुर्वाधार, सुधार शिर्षकमा खर्च गरिदैछ । यसले सार्वजनिक शिक्षामा  सुधारका कार्यक्रम ल्याउने विस्वास नगरपालिकाले लिएको छ ।

*        गुनासोको सम्बोधन

नगरकार्यपालिकाको गठन पश्चात यो वर्षाको समयमा भएका साना ठुला प्राकृतिक विपद्का घटना बाट जनतामा पर्न गएको समस्याको तत्काल सम्बोधन गरेको नगरपालिकाले जनाएको छ । सहायक बाटोहरुमा प्रत्येक वडामा ग्राभेल हाल्ने र हिड्न लायक बनाउने प्रयास गरेको छ ।

ढलेका पोल, घरमाथी बाट गएका तारहरुको व्यवस्थापन गर्न लगत संकलन गरी सम्बन्धीत कार्यालयहरुमा पत्राचार गरी सम्बोधन गर्ने प्रयास भएको छ। चुनिखेलमा नयाँ वस्तिमा लाईन विस्तारको काम सम्पन्न भएको छ।

*        सुचनाको पहुँच र उत्तरदायित्व बहनको प्रयास

जनप्रतिनिधि  नगरपालिकामा आएपछी सुचनाहरु जनतामा अपडेट गराउने क्रम बढेको छ। हामीले फेसबुक पेज र वेभसाइटलाई निरन्तर अपडेट भएको नगरपालिकाले जनाएकोछ ।  तथ्याङ्कमा आधारीत शासन सञ्चालनको प्रयास थालिएको छ।

*        डाटा संकलनका कार्यक्रम

अबदेखी नीति तथा कार्यक्रमहरु बनाउँदा तथ्याङ्कमा आधारित रहेर बनाउनु पर्छ भनेर केहि योजना नगरपालिकाले  अगाडी सारेको छ । सोही अनुरुप शिक्षा क्षेत्रको बृहत सर्भे  सञ्चालन गरिदै छ । करिब ४ हजार घरमा पुगेर बालबालिकाको सिकाई उपलब्धी मापन गर्ने, नगर भित्रका प्रत्येक विद्यालयमा पुगेर तथ्याङ्क संकलन गर्ने कार्यक्रम अगाडी बढेको छ। जसको भाद्र २८ गते प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ।

*        बजेट विश्लेषणको काम

पहिलो पटक बजेट विश्लेषण गर्न सुरु भएको छ ।  यसले आगामी दिनमा योजना निर्माण गर्न सहयोग पुग्ने छ।

*        गुनासो सुन्ने परिपाटीको विकासको प्रयास०

जनताको गुनासा सुन्ने र त्यसलाई प्रोसेसिङ गर्ने कल्चरको विकास गरेको नगरपालिकाले बताएको छ  ‍। समस्या तत्काल सम्बोधन नभए पनि कसमेकम त्यसको रेस्पोन्स गर्ने गरेको दावी नगरपालिकाको छ ।

*      विज्ञहरुको चासो र उहाँहरुको सहभागिता

नगरपालिकामा रहेका विभिन्न बिषयका बिज्ञहरुले चासोका साथ नगरपालिकामा आउने र आफ्नो सुझावहरु दिने क्रम सुरु भएको छ। हिजो नगरपालिकामा उहाँहरुको चासो कम थियो तर नगरले जनप्रतिनिधी पाए सँगै विज्ञहरुले सुझाव दिने गरी सहभागीता बढेको नगरपालिकाले जनाएकोछ।

*      मानव स्रोत नक्साङ्कन

नगर भित्र रहेका लब्धप्रतिष्ठित व्यक्तीहरुको सुचिकरण गर्ने काम सुरुवात भएको छ ।  वडा समितिहरु मार्फत नगरपालिकाले विवरण संकलन गरेको छ । नगरपालिका सँग अहिले करिब ३०० जना विशेषज्ञ, व्यवसायी, विज्ञहरुको सम्पर्क सहितको सुची रहेको छ।

*        जनप्रतिनिधिलाई तालिम

निर्वाचन पछी  ग्लोबल एक्शन नेपाल सँगको सहकार्यमा हामीले निर्वाचित  मनोनित सबै प्रतिनिधी  हरुलाई तालिम प्रदान गरिएको छ । कतिपय निर्वाचित साथीहरुमा योजना तर्जुमा, स्थानीय सरकारको बारेमा रहेका अन्योलता हटाउन यो तालिम केहि हदसम्म चिर्न सफल भएको छ।

*        डिजिटाईजेसन तर्फको यात्राः

डिजिटाईजेसन  लागु गर्नेनगरपालिकाको  ५ वर्षे लक्ष्य रहेको थियो  । यसको लागी  प्रारम्भिक रोड म्याप बनिसकेको छ। विस्तृत योजना बन्ने क्रममा रहेको छ। यसको लागि एउटा उत्कृष्ट कम्पनि सँग सहकार्य हुदै गरेको नगरपालिकाले जनाएको छ  । जस अन्तरगत डिजिटल म्यापिङको लागि नगरका प्राविधिकहरुको टिम सँग एक चरणको अन्तरक्रिया सम्पन्न भईसकेको छ।

*      खेलकुदमा गरिएको लगानीः

नगरपालिकाले  नगरको खेलकुदलाई पनि यो पटक विगतको भन्दा बढी बजेटको व्यवस्था गरेको बताएको छ । साना ठुला योजना गरेर करिब ८० लाख छुट्याएको नगरपालिकाले जनाएको छ ।  जसमा  वडा नं ४ मा बन्दै गरेको फुटबल मैदानको लागी मात्र हामीले २० लाख विनियोजन गरिएको छ

*      प्रकाशन तर्फ भएका प्रगती र प्रयास

बुढानिलकण्ठ  नगरपालिकामा देखाउन लायक र अभिलेख राख्न पर्ने धेरै राम्रा पक्षहरु रहेका छन्। हरित नगरको रुपमा परिचित हुन सक्ने नगरपालिका सँग प्राकृतिक, धार्मिक, पौराणिक, आध्यात्मिक सम्पदा हरु रहेका छन्।

नगरपालिकाले यस्ता विषयहरु सँग सम्बन्धित बिषयबस्तुहरुमा भएका अध्ययन सामाग्रीमा आधारित रहेर प्रकाशनको कामलाई पनि अगाडी बढाएको छ। जसमध्ये ३ वटा परियोजनाको अध्ययन सकिएर डिजाइन र प्रिन्टको काम बाँकी रहेको छ।

*        हेल्प डेस्कको स्थापना

फुल फङ्सनल नभए पनि हामीले हेल्प डेस्कको स्थापना गरेका छौँ। कर्मचारी अभावले गर्दा हामी सकेसम्म पालैपालो भएपनि हेल्प डेस्कमा जनताका समस्याहरु सुनेर सहजकर्ताको रुपमा कार्य गर्ने गरेको नगरपालिकाले जनाएको छ ।

*      सरसफाई अभियानको सुरुवातः

जनप्रतिनिधी आईसकेपछी भएको अर्को सकारात्मक पक्ष भनेको सरसफाई अभियान हो। विभिन्न वडाहरुले अभियानहरु सञ्चालन गरिरहेका छन्।

*      नगर भित्र रहेका संघ संस्थाहरुको सुचिकरण गर्ने कार्यको थालनि

हिजो सानो संख्यामा रहेको संघसंस्था, टोल सुधार समिति क्लबहरुको सुचिकरण गर्ने कार्यलाई निरन्तरता दिँदै प्रत्येक वडा कार्यालयहरुले सुचिकरणको सुचना प्रकाशित गरेर संस्था सुचिकरण गर्ने कार्य द्रुत गतिमा अगाडी बढेको छ। निर्माण सम्पन्न भएका तर करको दायरामा नरहेका भवनहरुको सुचिकरण कार्य पनि सुरु भएको छ।

*        गत बर्षका योजनाहरु सम्पन्न गर्न सहजिकरण

गत आवका योजनाहरु सम्पन्न गर्नको लागी प्रत्येक वडाका जनप्रतिनिधीहरुले नेतृत्व लिँदै उक्त योजनाको सफल कार्यान्वयन भएका छन्। भौतिक पुर्वाधार तर्फ र लक्षित वर्गका योजनाहरु दुवै तर्फ योजना हरु कार्यानव्यन भएका छन्।

*      खानेपानी तथा सडक निर्माणका लागी डेलिगेसन

कपन क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने व्यवस्थाको लागी नगरपालिकाको तर्फ बाट पहल गर्ने काम भएको छ।काठमाण्डौँ उपत्यका प्राधिकरण सँग पनि बाटो विस्तार र निर्माण योजनाका लागी छलफल भएको छ।यसका  साथै नगरपालिकाको अन्य स्थानमा पनि     खानेपानीको लागि अध्ययन सुरु गरेको  नगरपालिकाले बताएको छ।

यो बुढानिलकण्ठ नगरपालिकाले १०० दिनमा गरेको कार्य हरुको विवरण रहेको छ भने प्रत्यक वडा हरुको विवरण पनि निरन्तर रुपमा कपन अनलाइनमा समेटिएको छ।

 

तपाइँको प्रतिक्रिया ।