सोड र हेड्स नेपालले संयूक्त रुपमा ६० बाढीपिडित परिवारलाई राहत वितरण गरे

सोड र हेड्स नेपालले संयूक्त रुपमा ६० बाढीपिडित परिवारलाई राहत वितरण गरे

कपन अनलाइन

काठमाडौं,असोज १  ।
विकासका लागि ऐक्यबद्ता सोड नेपाल (SoD Nepal)  र हेड्स नेपालले संयूक्तरुपमा रौतहट जिल्लाको गौर नगरपालीका —४ स्थित महादेवपट्टि दलित वस्तीमा त्रिपाल तथा खाध्यान सामाग्री प्रदान गरेको छ।

भारी वर्षाका कारण आएको बाढीबाट घर सँगसँगै खाध्यान तथा भाडाकुडा समेत बगाएर घरबार बिहिन भएका यस वस्तीका पिडितहरुका लागि हाल सम्मकै ठूलो राहत वितरण गरियो । उक्त राहत सामाग्री सोड नेपालका अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठ र हेड्स नेपालका महासचिब प्रताप राज वन्तले संयूत रुपमा वितरण गरेका थिए ।

यस क्रममा बादीपिडितहरुका लागी ६० वटा त्रिपाल, १५क्विंटल चामल ,२.५ क्विंटल दाल, १.५ क्विंटलआलु,९० लिटर खाने तेल, ६०किलो चना, ६०किलो दालमोठ, २.७ क्विंटल चिउरा, ६० किलो नुन वितरण गरियो । प्रति परिवार १ वटा पाल, २५किलो चामल, ४ किलो दाल, २.५ किलो आलु, १ किलो चना ,४.५ किलो चिउरा, १ किलो नुन,१ किलो दालमोट र १.५ लिटर खाने तेल वितरण गरिएको सोड नेपालका सदस्य श्री अर्जुन भट्ट बताए ।

गरैसरकारी सामाजिक संस्था सोड नेपाल र हेड्स नेपालले स्थापना काल देखिनै अभाव र आकस्मिकतामा साथ दिदै आईरहेको अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठले बताएका छन् । साथै उक्त बाडीपिडित परिवारको पूनःस्थापनामा विषयमा पनि छलफल भई रहेको संस्थाका महासचिब प्रतापराज वन्तले बताए  ।

तपाइँको प्रतिक्रिया ।