सबै तहको निर्वाचन सम्पन्न भए पछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुन्छ : मन्त्री साह

कपन अनलाइन 
रौतहट, असोज १ ।

सहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने स्पष्ट पार्नुभएको छ । गृह जिल्ला रौतहटमा मदतान गर्न आएका मन्त्री साहले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन्  ।

सबै तहको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नभएको भन्दै मन्त्री साहले सबैले संविधानको व्यवहारिक रुपमै कार्यान्वयनमा ल्यान ध्यान दिनुपर्ने समय आएको जिकिर गरे  । उनले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको भन्दै निर्वाचन हुनन् कि भन्नेमा कसैले पनि संका नगर्न आग्रह  समेत गरे ।

मन्त्री साहले सबै तहका निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीति स्थिर भई विकासले गति लिई समृद्धि तर्फ अघि  नेकपा माओवादी केन्द्र २ नम्बर प्रदेशका संयोजक समेत रहेका मन्त्री साहले रौतहट जिल्लाको मौलापुर नगरपालका वडा नम्बर ५ को निम्न माध्यमिक विद्यालय मौलापुर बजार मतदान केन्द्रबाट मतदान गर्ने छन्  ।  मौलापुर आफनै निवासमा रहेका मन्त्री साहले स्थानीय तहको निर्वाचनमा आम मतदातालाई सहभागी भएर मताधिकारको प्रगोग गर्न आग्रह समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।