युवा एकिकरण क्लवद्वारा कपनमा खुल्ला म्याराथुनको आयोजना हुँदै

977162_372639146175519_1188371155_oकपन अनलाइन /कपनमा १ वर्षदेखि खेलकुद र सामाजिक क्षेत्रमा सकृय बन्दै गरेको युबा एकिकरण क्लबले  जेठ २५ गते शनिवार प्रथम खुल्ला युवा एकिकरण दौड आयोजना गर्ने भएको छ । नेपाल  म्याराथुन संघको प्राविधिक सहयोगमा  यो कार्यक्रम हुन लागेको हो ।   आयोजक युवा एकिकरण क्लबले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रतियोगिता रानिङ शिल्ड को नियम अन्तरगत हुने र कार्यकममा सहभागिता हुनका लागि आबेद्न खुल्ल्ला गरिएको छ  ।

म्याराथुनका साथमा खुल्ला महिला ५ किलो मिटर र खुल्ला पुरुष १० किलो  मिटरको दौडको कार्यक्रम समेत हुनेछ । यस कार्यक्रमलाई मिडिया पार्टनरको रुपमा कपन अनलाइन डट कम र CJMC F.M. १०६ मेगाहर्जले साथ दिनेछ ।

तपाइँको प्रतिक्रिया ।