सञ्चारमन्त्री पौडेलले निवृत्तिभरण नलिने

१० जेठ । सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले आफू मन्त्री पदमा बहाल रही सोही हैसियतमा पाउने पारिश्रमिक र सुविधाहरु प्राप्त गरिरहँदासम्म आफूले यसअघि प्राप्त गर्दै आएको  निवृत्तिभरण नलिने हुनुभएको छ ।

मन्त्री पौडेलले मन्त्री पदमा बहाल रहिरहँदासम्म राज्य कोषबाट निवृत्तिभरणको सुविधा लिनु न्यायसङ्गत नरहेको र वर्तमान सरकारले पनि मन्त्रीबाट दोहोरो सुविधा लिन नहुने नी2ति अख्तियार गरेकाले सोही बमोजिम आफू मन्त्री पदमा बहाल भएको मितिदेखि लागू हुने गरी उक्त निवृत्तिभरण सुविधा नलिने हुनुभएको हो ।

मन्त्री पौडेलले आफूले पाउँदै आएको निवृत्तिभरण रोक्का गरिदिन माग गर्र्दै अर्थमन्त्रीसमक्ष यही जेठ ९ गते निवदेन दिनुभएको र सोही बेहोरा जनाई उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निजामती किताबखाना तथा निवृत्तिभरण व्यवस्थापनको कार्यालय (कौशीतोषाखाना कार्यालय) समेतमा जानकारी गराउनुभएको उहाँको निजी सचिवालयले आज जारी गरेको सूचनामा जनाइएको छ ।

मन्त्री पौडेलले निजामती सेवाको विशिष्ट श्रेणीको पदबाट अवकाश प्राप्त गरी सोही हैसियतमा निवृत्तिभरणको सुविधा प्राप्त गर्दै आउनुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।