जनप्रतिनिधिहरु संग नगरवासीको अपेक्षा

जनप्रतिनिधिहरु संग नगरवासीको अपेक्षा

कपन अनलाइन

काठमाडौ,भाद्र २८ /विचार /कृष्ण भट्टराई

बूढानिलकन्ठ नगरपालिकामा पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्य आरम्भ गरेको सय दिन पुरा भएको छ। १६ वर्ष देखिको जनप्रतिनिधि विहिन अवस्थाको अन्त्यका साथै जनताको ठुलो आशा  र भरोशा यिनै जनप्रतिनिधि माथि हुनु स्वाभाविक नै हो तर अहिले जनप्रतिनिधिहरुको ध्यान कतै अन्तै जादै छ कि भन्ने भान हुन थालेको छ ।

यो नगरपालिका  जनसंख्याको हिसावले पनि ठुलो र देशकै ठुला नेताहरुको राजनीतिक नाता र  साईनो जोडिएको नगर हो , त्यसैले यस नगरपालिकामा देशकै ध्यान जाने गरेको छ भने ।

जनप्रतिनिधिहरुले चुनाव ताका जनता सामु गरेका वाचा जनताले भुलेका पनि छैनन् | यो नगरपालिकाको भबिष्य जनप्रतिनिधि सँग मात्र जोडिने पकै छैन किनकि १३ वटा वडा मध्ये ११ वटा वडा जितेको र एकलौटी रुपमा नगर कार्यपालिका बनाएको एमालेले पनि जस अपजसको प्रमुख भागिदार बन्नु पर्नेछ। तर १०० दिन माला / खादा लाउदै समय व्यथित  भएको गुनासो जनस्तर वाट सुनिन थालिएको  छ भने  जनप्रतिनिधिहरु भने यो र त्यो वहाना बनाएर छल्ने प्रयत्न गरेको पनि यादकदा सुन्न थालिएको छ।

यो सालको वजेट गत वर्षकै योजनाहरुमा खर्च गर्न पाईने भएपनि आगामी आर्थिक वर्षको योजनाहरुमाथि व्यापक रुपमा छलफल चलाउनु र दैनिक जनजिविका माथि ध्यान केन्द्रित गर्नु पर्ने जनप्रतिनिधिहरुले उदघाटन तथा कार्यक्रमहरुको अतिथि हुदै समय व्यथित गर्दा कार्य सम्पादनमा असर गरिरहेको छ ।त्यसैले  बढी भन्दा बढी समय विकास निर्माण र सहज कार्यसम्पादन हुने वातावरण मिलाउनु नैजनप्रतिनिधिको पहिलो र एक मात्र विकल्प हो।

अहिले जनताको अपेक्षा  ठुलो पनि छैन जनता चाडो विकास चाहन्छन प्रक्रिया सहज चाहान्छन आफ्नो घरको धारामा खानेपानी आएको , सहज रुपमा यातायात, ढल निकास फोहोर व्यवस्थापन, हिलो र धुलो वाट मुक्ति र सार्वजनिक जग्गाको सदुपयोग चाहान्छन ।

यो प्रारम्भिक काम गर्न आलेटाले गरि बसियो भने घोषणा पत्र तथा प्रतिबदता पत्रको नारालाई कहिले योजना बनाउने कहिले कार्यान्वयन गर्ने ? घोषणा पत्रमा धोवी खोलामा र्याफ्टिङ , बुढानिलकण्ठ देखि मोनोरेल कुदाउने कुरा उल्लेख  छ र नेपालकै सुन्दर नगरपालिका बनाउनु छ त्यसैले नगर र जनता प्रति जवाफदेही हुदै सबैको सल्लाह र सुझावको आधारमा सुन्दर सहरको निर्माणमा जुटनु नै अहिले जन प्रतिनिधिको  प्रमुख कर्तब्य हो।

तपाइँको प्रतिक्रिया ।