वाङ्मय शताब्दी पुरुषलाई नागरिक अभिनन्दन गरिने
कपन अनलाइन
काठमाडौँ, भाद्र २७ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन मूल समारोह समितिले संस्कृतिविद् जोशीलाई यही भदौ ३० गते काठमाडौँमा रथारोहणसहित अभिनन्दन गर्ने भएको छ ।
अभिनन्दनका लागि लक्ष्मीदास मानन्धरको संयोजकत्वमा गठित मूल समारोह समितिले आज यहाँ पत्रकार सम्मेलन गरी जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिमा गर्नुभएको खोज अनुसन्धान र योगदानका लागि अभिनन्दन गर्न लागिएको जानकारी दिइयो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनुहुनेछ । जोशीलाई सो दिन दिउँसो वसन्तपुरबाट बग्गीमा राखेर रथारोहणसहित सम्मान गरिनेछ ।
तपाइँको प्रतिक्रिया ।