बुढानिलकण्ठ नगरपालिका वडा नं.११ फुलबारी टोलमा सडक भत्किदा स्थानीय समस्यामा

बुढानिलकण्ठ नगरपालिका  वडा नं.११ फुलबारी टोलमा सडक भत्किदा स्थानीय समस्यामा

कपन अनलाइन 

काठमाडौं, भदौ २५ ।

बुढानिलकण्ठ नगरपालिक वडा नं.११ फुलबारीटोलमा बाढिले सडक भत्काउँदा स्थानीयले सास्ती भोग्नु परेको छ ।गत बिहीबार परेको मुसलधारे बर्षाका कारण फुलबारीटोलमा आएको बाढीले अधिकांश घरहरु डुबानमा परी सडक भत्किदा स्थानीयले सास्ती भोग्नु परेको हो ।
प्रत्येक वर्ष आउने बाढीले मुल सडक नै भत्काउने गर्छ तर स्थानिय निकायले समयमै मर्मत सम्भार नगर्दा स्थानियवासीलाई समस्या पर्ने गरेको स्थानिय सुनील गघालले बताए । गघालका अनुसार दैनिक ओहोरदोहर गर्नुपर्ने बाटो भत्केपछि स्थानिय निकायले चासो नदेखाएकोले स्थानिय आफैले रकम उठाएर सडकको मर्मत गर्नुपरेको छ ।

१० वर्ष अघि ग्राबेल गरिएको रोडाको बाटो आजसम्म पनि उस्तै रहेको छ । सडकको दायाँवायाँ ढल निकासी पाइप सानो हाल्नाले पानी परेको समयमा खोलाको पानी सडकमा बग्ने गर्छ । प्रत्येक वर्ष पानी पर्दा कपन आनीगुम्बा छेउछाउका घरहरु डुबानमा परेपनि ढल थप्ने विषयमा अझै स्थानिय निकायको ध्यान जान नसकेको स्थानिय जयराम न्यौपानेले बताए ।

यसअघि नै सडक निर्माणको लागि समिति गठन गरिएपनि घरको पर्खाल भत्किने भएपछि स्थानिय आफैले सडक विस्तारमा अवरोध गरेको समितिका अध्यक्षले बताए । उनले सडक विस्तार गर्न पर्खाल भत्काउन चिन्ह लगाउने काम भैरहेको तर कपन आनीगुम्बाले पर्खाल भत्काउन नमानेपछि स्थानियवासिले पनि अवरोध गरे ।

स्थानियवासीले कपन आनीगुम्बाले पर्खाल नभत्काएसम्म आफ्नो घरको पर्खाल भत्काउन नदिने बताउँदै आएका छन् ।अर्का स्थानिय युवा अभिनाश पराजुलीले अब स्थानीय सरकारको गठन भएपछि विकासको आशा बढ्न थालेको अनुभव सुनाउँदै भने, ‘केही वर्षमै फुलबारी टोलको मुहार फेरिनेछ । ’फोटो : जयराम न्यौपाने

तपाइँको प्रतिक्रिया ।