तारकेश्वर नगरपालिका वडा नं २ का १०० दिनका मुख्य उपलव्धीहरु
कपन अनलाइन
काठमाडौ,भाद्र २२।
तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन । स्थानीय तहको निर्वाचनमा विजयी बनेका जनप्रतिनिधिले २०७४ जेष्ठ ७ गते सपथ ग्रहण गरी आफ्नो पदभार ग्रहण गरेका थिए । सपथ ग्रहण पछाडिको १०० दिनमा विभिन्न वडामा के कस्ता काम भए र ति काम सम्पन्न भए पश्चात कस्ता उपलव्धी भएका छन । यसै विषयमा केन्द्रित रहेर कपन अनलाइनले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरेका छौ ।
तारकेश्वर नगरपालिका वडा नं २ मा १०० दिनको कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरुको विवरण वडा नं २का अध्यक्ष रबिन्द्र के.सी संगको कुराकानीमा आधारित रहेर तयार पारिएको छ।
तारकेश्वोर नगरपालिका वडा नं २ का १०० दिनका मुख्य उपलव्धीहरु :
- विकास निर्माण
विकास निर्माण तर्फ वडा नं २ मा विभिन्न योजना हरु सम्पन्न र संचालन भएका छन । यस्ता योजनाहरुमा जितपुर भण्डारी गाउ हुदै काली देबी निक्लने मोटर बाटो ग्राबेलिंग सम्पन्न भयो,बिराट नेपाल भन्ने सस्था संग वडा को पहलमा धप्पू चौर मा सार्बजनिक सौचालय निर्माण गरियो ।त्यस्तै गरि बाटो को खाल्डा खुल्डी पुरेको र बर्षात को समयमा विविन्न ठाउमा पहिरो ले गर्दा अबरुद्ध भएको सडक लाइ JCB मेसिन लगाएर कच्ची सडक सफा गरेको अध्यक्ष के सी ले कपन अनलाइन लाइ बताउनु भयो ।
स्वास्थ्य चौकी वडा बाट स्थानान्तरण
पहिला वडा कार्यालयमा नै स्वस्थ चौकी भएको हुदा सेवा ग्रहिले अफ्ट्यारो मानिरहेका थिए त्यसलाई सहज बनाउन स्वस्थचौकीलाई हाल बिद्यालयमा केहि कोठा लिएर स्थानान्तरण गरिएको छ र स्वस्थको रकम पैसा बिद्यालयलाइ दिएको यसले सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज र प्रभावकारी हुने कुरा अध्यक्ष केसीले बताए ।
जनता संग प्रत्यक्ष अन्तरक्रिया र बाताबरण संरक्षण
तारकेश्वोर नगरपालिका वडा नं २ का जनप्रतिनिधिले आफ्नो कार्यकालको १०० दिनमा वडाका जनता ,बुद्धिजीवी ,पेसाकर्मी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु संग प्रत्यक्ष अन्तरक्रिया गरेको अध्यक्ष केसीले बताए । अन्तरक्रियामा प्राप्त सुझाव ,राय सल्लाह , गुनासाहरुको अभिलेखीकरण गरी तिनै कुराहरुको आधारमा वडा विकासको अवधारणा निर्माण गरिएको अध्यक्ष केसीले कपन अनलाइनलाई बताए साथै वडालाई स्वच्छ र सुन्दर बनाउनका लागी विविध वातावरण संरक्षणका कार्यक्रम पनि वडा नं २ ले संचालन गरेको छ।
बाताबरण संरक्षण गर्न देबस्थालीमा १०८ बोट रुद्राक्ष रोपी पार्क बनाउन सुरु गरिएको बताउनु भयो, साथै विभिन्न रचनात्मक गतिविधि संचालन गरि आफ्नो कार्यकाल को १०० दिनका मुख्य उपलव्धी रहेको अध्यक्ष केसीले बताए ।