प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन : प्रधानमन्त्री

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन : प्रधानमन्त्री

कपन अनलाइन

भीमदत्तनगर, भाद्र १६  । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका  छन्  ।

आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसित सल्लाह भइरहेको बताए  ।

“सबै पार्टीहरु सित सल्लाह भएको छ”, प्रधानमन्त्री देउवाले भने , “प्रदेश नं २ मा पनि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ ।” निर्वाचनहरु सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने उनको भनाइ थियो ।

“भारत भ्रमण सफल रह्यो”, देउवाले भने , “सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्ष सित सहमति भएका छन् ।”

आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै उनले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताए  ।

बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर आईपुगेका प्रधानमन्त्री देउवा आजै राजधानी फर्कने कार्यक्रम रहेको छ ।

तपाइँको प्रतिक्रिया ।