कागेश्वरी मनोहरा नगरपालिकाले नगर बस सुरु गर्यो

कागेश्वरी मनोहरा नगरपालिकाले नगर बस सुरु गर्यो
कपन अनलाइन 
काठमाडौ,भाद्र १५
कागेश्वरी मनोहरा नगरपालिकामा आज बाट नगर बस संचालनमा आएको छ।  काठमाडौं क्षेत्र नं २ का सांसद दीपक कुइकेल र क्षेत्र नं ३ का सांसद रामेश्वर फुंयालले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
उक्त उद्घाटन कार्यक्रममा  कागेश्वोरी नगरपालिकाका प्रमुख कृष्णहरी थापा, वडा नं  ९ का अध्यक्ष कुन्दन खड्का, वडा  नं १ का अध्यक्ष  मुकुन्द गजुरेल, वडा नं  ७ का अध्यक्ष  जीवन थापा, वडा  नं ८ का अध्यक्ष श्रीकृष्ण चापागाईं लगायत अन्य जनप्रतिनिधि र स्थानीय जनताको उपस्थिति रहेको थियो।
हाललाई दुई वटा नगर बस संचालनमा आएको छ । यो नगर बस सनसिटि – हरहर महादेव -वडा कार्यालय -मुलपानी – पिपलबोट -बाबाचोक -मिलन चोक -नगरपालिका -थली चल्नेछ।  यसमा जनताहरुलाई सुविधाको लागी भाडा रु १० कायम गरिएको छ । यो भाडामा जहाँ बाट चढ्न र ओर्लन सक्ने एक वडा अध्यक्षले बताए । फोटो सौजन्य : वडा नं  ९ का अध्यक्ष कुन्दन खड्का
तपाइँको प्रतिक्रिया ।