नयाँ नेतृत्व चयन गर्दै शक्ति मिलन समाजकाे पाँचौ अधिवेशन सम्पन्न

नयाँ नेतृत्व चयन गर्दै शक्ति मिलन समाजकाे पाँचौ अधिवेशन  सम्पन्न
कपन अनलाइन
काठमाडौ,भाद्र १५ 
शक्ति मिलन समाजले अबकाे दुई बर्षकाे कार्यकालकाे लागी  नयाँ नेतृत्वकाे सर्वसम्मतिले चयन गरेको छ । २०७४ भाद्र १४ गते चक्रपथमा स्थित एक हाेटलमा भएको ११ अाै साधारणसभा र ५ अाै अधिवेसन प्रमुख अतिथि राष्ट्रिय एचआईभी तथा एड्स महासघका अध्यक्ष श्री अच्युत सिटौलाकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे ।
साे कार्यक्रममा अतिथिका रूपमा कुमुदिनीका अध्यक्ष पुजा महताे,शक्ति समुहका सस्थापक चरिमाया तामाङ ,याक्सेसका अध्यक्ष गाेकुल सुवेदी,सस्थापक सदस्य सरिता श्रेष्ठ मानव अधिकार अायाेयका पूर्व अध्यक्ष वेनुमाया गुरूङ उपस्थिति रहेको थियाे। कार्यक्रममा सस्थापक सदस्य तथा कार्यकारी निर्देशनक नातिसरा राईले स्वागत मन्तव्य राख्नु भएकाे थियो ।
आगामी  कार्यकालकाे लागी  अध्यक्ष गाेमा कार्की ,उपाध्यक्षमा सहाना प्रधान,सचिव चन्द्रा वि क काेषाध्यक्ष रूद्रकुमारी रानामगर,सदस्यहरूमा शाेभा मिश्र,धनमाया डाँगी र मिना कुमाल सहितकाे सात सदस्यीय समितकाे गठन भएकाे छ ।
साथै साे कार्यक्रममा सस्थाकाे सदस्य जयन्ती बुढालाई सस्थाकाे सदस्यहरूलाई विभिन्न सघ सस्थामा अावद्व गराई जिविकाेपार्जन गर्न सहयाेग गर्नु भएकाेमा नगद तथा जिन्सी सहित सम्मान गरिएकाे थियाे ।
तपाइँको प्रतिक्रिया ।