सरकारले गर्यो सचिवहरुको सरुवा

सरकारले गर्यो सचिवहरुको सरुवा

कपन अनलाइन

काठमाडौ,भाद्र १४ ।

सरकारले सचिवहरु सरुवा गरेको छ । बुधवार मन्त्रिपरिषद्को सिंहदरबारमा बसेको बैठकले केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार क्षेत्रीय प्रशासक शम्भु कोइराला भूमिसुधार मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै पर्यटन मन्त्रालयका शंकरप्रसाद अधिकारी निर्वाचन आयोगमा सरुवा भएका छन् ।

त्यस्तै भूमि सुधारका कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालय पठाइएको छ भने निर्वाचन आयोगमा रहेका महेश्वर न्यौपाने पर्यटन मन्त्रालयमा सरुवा भएका छन् ।

सचिव कृष्णराज बिसी खानेपानी तथा सरसफाई मन्त्रालयमा पुगेका छन् । यसअघिका सचिव भीम उपाध्यायले अवकाश लिएपछि सरसफाई मन्त्रालयमा बिसी पुगेका हुन् ।

तपाइँको प्रतिक्रिया ।