गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्धारा नव नियुक्त राजदुतलाई स्वागत

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले नव नियुक्त राजदुतलाई स्वागत गरेको छ । आज १५ मेका दिन संघका अध्यक्ष अमृत गुरुङको नेतृत्वमा महामहिम राजदुत डा. मायाकुमारी शर्मा ज्यूको कार्यकक्षमा संस्थागत स्वागत तथा परिचय गरेको हो । सो अवसरमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सचिव टि. बि. कार्की, सल्लाहकार देवकाजी डंगोल, मध्यपुर्व संयोजक नरेन्द्र भाट, यूवा विभाग उप संयोजक आषिश शेरचन, निवर्तमान मध्यपुर्व संयोजक बद्रीप्रसाद पाण्डे, राष्ट्रिय समन्वय परिषद् सल्लाहकार संयोजक मक्सु्द आलम, सल्लाहकाहरु, पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

स्वागत ग्रहण गर्दै नवनियुक्त महामहिम राजदुत डा. मायाकुमारी शर्माले कतारमा रहेका नेपालीहरुको पक्षमा कार्य गर्न आफुलाइ समुदायको सहयोग अपरिहार्य रहेको र सो सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा विगतमा शुरु गरिएका राम्रा कार्यहरुलाइ निरन्तरता दिनुका साथै कतारबाट नेपालमा लगानि भित्रयाउन पहल गर्ने र त्यसमा सफल भएमा त्यो नै आफ्नो कार्यकालको सफलता रहने बताउनु भयो । स्वागत भेटको क्रममा आइसीसी सचिव टि. वि. कार्कीले माहामहिम राजदुत ज्यूलाइ स्वागत गर्दै नियोग भएका सबै मुलुकहरुमा एनआरएनले नियोगसंग आपसी सहयोग समन्वयका साथ अगाडी बढ्ने गरेको चर्चा गर्दै कतारमा पनि त्यसै गरि अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । मध्यपुर्व संयोजक नरेन्द्र भाटले माहामहिम राजदुत ज्यूलाइ स्वागत गर्दै विगत देखिनै समुदाय र नियोग बिच रहेको सम्बन्ध आगामि दिनहरुमा अझ सुमधुर भएर जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

एनसीसी अध्यक्ष अमृत गुरुङले माहामहिम राजदुत ज्यूलाइ कतारमा कार्यरत सम्पूर्ण नेपालीहरुको तर्फबाट स्वागत गर्दै एनसीसी र नियोग बिचको समन्वय र सहयोगको चर्चा गर्नुका साथै एनसीसी नियोगलाइ सक्दो सहयोग गर्न सदैव तयार रहेको जानकारी गराउनु भयो । विगतमा समुदायको तर्फबाट नियोग र राष्ट्रका लागि गरिएका विभिन्न सहयोग तथा कार्यहरुको जानकारी गराउदै अध्यक्ष गुरुङले त्यस्ता कार्यहरुलाई निरन्तरता दिने जानकारी गराउनुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।