प्रथम प्याब्सक उपत्यका ब्यापी एकल गायन प्रतियोगिता सम्पन्न

प्रथम प्याब्सक उपत्यका ब्यापी एकल गायन प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौ भाद्र ९ ।

जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न निजि तथा आवासीय बिधालय संगठन काठमाडौ (प्याब्सक )ले आयोजना गरेको प्रथम प्याब्सक उपत्यका ब्यापी एकल  गायन प्रतियोगिताको फाइनल आज सम्पन्न भएको छ ।

गत श्रावण १५ देखि १८ सम्म आन्तरिक रुपमा काठमाडौका १ सय बिधालयहरु बाट लिएको अडिसनमा झन्डै एक हजार विद्यार्थीको सहभागीता रहेको थियो ।जसबाट सेमिफाइनल राउन्डमा सहभागी हुनका लागि ७१ जना विद्यार्थी छनौट भएका थिए।श्रावण २७ गते रामहिटीमा रहेको साहित्य सदनमा सम्पन्न सेमिफाइनल राउन्डमा छनौट भएका टप २० प्रतियोगीहरुले फाइनलमा प्रतिस्पर्धा गरेका छ्न ।

भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री सीता गुरुङको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा गायिका कुन्ती मोक्तान र संगीतकार राजु सिंहले निर्णायकको भुमिका निभाएका थिए । कार्यक्रममा बिशिस्ट अतिथि नेसनल प्याव्सनका राष्ट्रिय अध्यक्ष कर्णबहादुर शाही,अतिथिहरु  नेसनल प्याब्सनका सल्लाहकार ऋतुराज सापकोटा, नेसनल प्यबसन काठमाडौका अध्यक्ष बिष्णु पराजुली लगायत विभिन्न बिधालय प्रअ, बिधालय प्रतिनिधि ,संगीत शिक्षक ,अभिभावक ,पत्रकार र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा श्रीया रिमाल प्रथम (प्रेरणा बोर्डिङ स्कुल),निमा तेन्जी शेर्पा दोस्रो (प्राक्सिस इन्टरनेशनल एकेडेमी, चाबहिल),सुदेशना तामाङ तेस्रो(हाम्रो सन साइन स्कुल),भावना सुनुवार चौथो (बिभुती प्रज्ञा निकेतन),सीता थारु पाचौं (बोन स्काईलार्क इन्टरनेशनल स्कुल ),रुपेश तामाङ छैटौं प्राक्सिस ईन्टरनेशनल एकेडमी ),आलोक जङ्ग थापा सातौं (शारादा एकेडेमी ),विशाल तामाङ आठौं (हाम्रो सन साइन स्कुल ),कपिल रसाइली नवौं (कान्तिपुर एकेडेमी हाइ स्कुल ) र आयुश्मा राई दशौ ( टाइम लाइन स्कुल ) भएका थिए ।

बिजेता लाई नगद पाच हजार ,ट्रफी ,प्रमाणपत्र दितीयलाई नगद चार हजार,ट्रफी ,प्रमाणपत्र तेस्रो लाई नगद पच्चीस सय ,ट्रफी र प्रमाणपत्र र सान्त्वना लाई नगद सहित ट्रफि र प्रमाणपत्र, उत्कृष्ट १० मा पर्न सफल लाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्यब्सकका अध्यक्ष वाल कुमार गुरुङले अध्यक्षता गरेको कार्यक्रममा  सह कोषाध्यक्ष राजन श्रेष्ठले स्वागत गरेका थिए ।दोश्रो चरणको कार्यक्रम संचालन प्याव्सकका महासचिव गेन्द्र लामाले गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।