टेक्सास साकोस बुनपा १२ को तालिम सम्पन्न

टेक्सास साकोस बुनपा १२ को तालिम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,भाद्र ९ ।

टेक्सास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुढानिलकण्ठ १२ ले सहकारी शिक्षा , नेतृत्व विकास र संचार शिप तालिम सम्पन्न गरेको छ ।कपन पार्टी प्यालेस कामपा ६ मा भएको तालिममा उक्त संस्थाका संचालक समिति , लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, ऋण उप समिति ,शिक्षा समिति र कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रशिक्षक धिर प्रसाद भण्डारी र पुन्यराज पुडासैनीले प्रसिक्षण प्रदान गरेका थिए । संस्थाका प्रवन्धक मुरारी भण्डारीले तालिम अगाडी संस्थाको आर्थिक अवस्था माथी प्रकास परेका थिए। यस्ता  किसिमका तालिम वर्षमा ४ पटक संचालन गर्ने योजना रहेको संस्थाका सचिव सरोज धितालले बताए ।

तपाइँको प्रतिक्रिया ।