नेपाली कांग्रेस क्षेत्र नं ४ को निर्वाचन आयोगलाई ज्ञापन पत्र

नेपाली कांग्रेस क्षेत्र नं ४ को निर्वाचन आयोगलाई ज्ञापन पत्र

कपन अनलाइन 

काठमाडौ,भाद्र ८ 

बुढानिलकण्ठ नगरपालिकामा एमाले नेताको घरमा मतदाता नामावली संकलन गरिएको भन्दै  नेपाली काङ्ग्रेसका सांसद  ,नेता तथा कार्यकर्ताले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन ।
क्षेत्र नं ४ का सांसद  तथा पुर्ब स्वास्थ्य मन्त्री गगन कुमार थापाले सो कार्यको जानकारी गराउदै सम्लग्न कर्मचारी, तथा ब्यक्तीहरुलाई कडा कारबाही गर्नु पर्ने, नियम बिपरित संकलन गरिएको  नामावली रद्द गरिनु पर्ने , नामावलीमा सम्लग्न कागजपत्रको परिक्षण गराइनु पर्ने तथा नाम संकलन हुन बाकी सक्क्ली मतदाताको नामावली समावेश गराउन पु:न समय म्याद थपिनु पर्ने माग राखेका थिए ।
निर्वाचन आयोगले दोषी माथी छानबिन गरि कारबाही गरिने , फोटो खिच्न प्रयोग गरिएका कागज पत्रको पुन: जाँच गरिने आस्वासन दिएको एक नेताले बताए  ।
छानबिनको प्रतिबेदन नआउन्जेल सम्म आफ्नो पार्टी चुप लागेर नबस्ने नियम बिपरित गरिएको उक्त कार्यको शान्तिपूर्ण ढंगबाट बिरोध गरिरहेने साम्सद थापाले बताए ।फोटो सौजन्य :सानुकान्छा श्रेष्ठ 
तपाइँको प्रतिक्रिया ।