हुलाकी राजमार्ग बनाउदै युवा संघ नेपाल

हुलाकी राजमार्ग बनाउदै युवा संघ नेपाल

कपन अनलाइन 

सप्तरी ,भाद्र ८ ।

युवा संघ नेपालले सप्तरीमा आएको अविरल बर्षाका कारण बिग्रिएको  हुलाकी राजमार्ग पर्ने मुतनी नदिको बाटोलाई स्तरउनन्ती गरि तत्कालको लागि सुचारू गरेको छ।

सप्तरी जिल्ला डाकनेश्वरी नगरपालिका वडा नं  ९ पर्ने हुलाकी राजमार्ग अवरोधका कारण हजारौं जनताहरु प्रभावित भएको छन। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीको नेतृत्वमा आएको टोलिले सो बाटोलाइ सुचारु गरेको छ। राजपा र मधेस केन्द्रित दलहरू मधेसी जनताको पिडा भन्दा पनि निजि स्वार्थमा रुमल्लिएको आरोप लगाउदै नेकपा एमालेको भातृ संगठन युवा संघ बाटो बनाउन ब्यस्त भएकोछ ।

आज मधेसलाई समस्या हुदा युवा संघ नेपाल सप्तरीका विभिन्न ठाँउहरुमा अवरुद्ध  बाटोलाई सुचारू गर्ने काममा ब्यस्त छ।तराईका राष्ट्रिय योजनाहरु विगत धेरै समय देखि अबरुद्ध छन ।भारतले ठेक्का लिएका विकास निर्माणमा ढिलासुस्ती भएको र तराई मधेसको विकास भारत र मधेस केन्द्रित दलहरूले  नै नचाहने तथा तराईको समृद्धि र शिक्षित भएको हेर्न उनीहरुले नखोजेको युवा संघका कार्यालय प्रमूख प्रभात विक्रम कटवालले बताए ।

युवा संघले विकासको राजनीती गर्ने गरेको र यसको पछिल्लो उदाहरण तराई जागरण अभियान ,बाढीपिडितलाई सहयोग र अहिलेको निर्माण रहेको संघका अध्यक्ष राजीव पहारीले बताए ।राजनीतिमा मधेसी नेताहरु बिस्थापित हुने डरले बिकासलाई अवरोध गरेको आरोप पनि उनले लगाए ।

 

तपाइँको प्रतिक्रिया ।