मतदाता नामावली संकलन प्रकरण :बुनपा ९ का अध्यक्ष राजेन्द्र सापकोटाको बिज्ञप्ति
कपन अनलाइन
काठमाडौ,भाद्र ८ ।
बुढानिलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलन कार्य स्थानीय नेताको घरमा भएको प्रकरणले अहिले स्थानीय राजनीती तातेको छ।यसका पक्ष विपक्षमा बिज्ञप्ति ,सामाजिक संजालमा धारणा आउने क्रम तीव्र बनेको छ ।
यो प्रकरण स्थानीय मात्र नभएर रास्ट्रिय बिषय बनि सकेको छ । यस सम्बन्धमा काठमाडौं क्षेत्र नं ४ का सांसद गगन कुमार थापाले संसदमा समेत आवाज उठाएका छन भने भाद्र ७ गते निर्वाचन आयोगमा ज्ञापन पत्र समेत बुझाइएको छ। यस प्रकरणमा त्यस दिन घटनास्थलमा उपस्थित बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का अध्यक्ष राजेन्द्र सापकोटा जोडिएका छन ।नेपाली कांग्रेसले उनलाई कारवाही गर्नु पर्ने माग राखेको छ।
शिक्षण पेसाबाट राजनीतिमा आएका सापकोटाले बिज्ञप्ति जारि गर्दै उनि त्यस दिन त्यहा मतदाता नामावलीको लागी नभई भेटघाटमा गएको बताएका छन ।बिज्ञप्तिमा उनले अहिलेको वडामा लागेको तालावन्दी खोलेर स्थिति सामान्य बनाउन अनुरोध समेत गरेका छन ।
नेकपा एमाले बुढानिलकण्ठको फेसबुक पेजमा राखिएको बिज्ञप्ति
हेर्नुहोस सापकोटाले जारि गरेको बिज्ञप्ति :
२०७४ भाद्र ३ गते मतदाता नामावलीमा नाम समावेश गर्न फोटो खिचाउने कार्यलाई गोप्य ढंगले सञ्चालन गरेको भन्ने बारेमा मेरो नाम जोडेर संचार माध्यम तथा समाजिक सञ्जालमा भएको टिका टिप्पणी प्रति मेरो ध्यानाकर्षण भएको छ ।
पर्टीका नगर संयोजक कमरेड दिपक निरौला अपरेशन गरी घरमा आराम गरिरहेको जानकारी प्राप्त भएकोले निजलाई भेट्न गएको थिएँ । विरामीलाई भेटेर स्वास्थ्य अवस्थाको सामान्य जानकारी मात्र लिन भ्याएको अवस्थामा अकस्मात घर बाहिर हल्ला खल्ला सुनियो । घर भित्र फोटो खिच्ने कार्य भइरहेको भनी जिम्मेवार राजनितिक दलका स्थानिय नेता कार्यकर्ताले विरोध गरिरहेको सम्म बुझियो । केहि समय पछि महारागञ्ज चक्रपथबाट उपस्थित प्रहरी अधिकृतले तपाइँ पनि जानु प¥यो भनी अनुरोध गरेपछि म प्रहरीसंग गएको कुरालाई लिएर अतिरञ्जित तरिकाले बदनाम गर्ने नियतले प्रचारबाजी भएकोमा म अत्यन्त दुखि भएको छु ।
यसै घटनासंग जोडेर वडा नं ९ को कार्यालय समेत बन्द गरिएको छ । वडाबाट पाउनु पर्ने सामान्य सेवाबाट समेत नागरिकहरुले बञ्चित हुनु परेको यो अवस्थालाई छिटो भन्दा छिटो समान्य बनाउने तर्फ जिम्मेवार हुन सबै राजनितिक दल तथा नागरिकहरुमा हार्दिक अनुरोध गर्दछु ।
राजेन्द्र प्रसाद सापकोटा
वडा अध्यक्ष
बूढानीलकण्ठ नगरपालिक वडा न. ९