निर्वाचन आयोगको नियत माथी शंका उत्पन्न भयो : गगन थापा

निर्वाचन आयोगको नियत माथी शंका उत्पन्न भयो : गगन थापा

कपन अनलाइन

काठमाडौ,भाद्र ६।

बुढानिलकण्ठ नगरपालिकामा भएको मतदाता नामावली संकलन प्रकरणमा नेपाली कांगेसले बुढानिलकण्ठमा एक भेला आयोजना गरेर निर्वाचन आयोगका प्रमुख संग यस विषयमा छलफल गर्ने जनाएको छ । बुढानिलकण्ठ नगरपालिकाको गोल्फुटार पार्टी प्यालेसमा भएको कार्यक्रममा यो प्रकरणले जनप्रतिनिधि माथी अविस्वास पैदा गरेको निस्कर्ष निकालेको भेलामा सहभागी एक स्थानीय नेताले बताए ।

कार्यक्रममा काठमाडौ क्षेत्र नं ४ का सांसद गगन थापाले यो प्रकरणमा निर्वाचन आयोगको नियतमा समेत शंका उत्पन्न भएकोले निस्पक्ष छानविन हुनुपर्ने माग गरे । यो प्रकरण आफ्नै निर्वाचन क्षेत्रमा हुदा यसले धेरै प्रश्न जन्माएको र यसमा निकै गम्भीर रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाली कांगेस क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठले नागरिकलाई दुख हुन हुदैन भन्ने साेचका कारण नगर प्रमुखकाे विश्वासमा ताला खालिएकाे बताएका छन। नगरपालिका प्रमुख  प्रतिकाे विश्वाश हट्याे भने राम्रो नहुने भन्दै श्रेष्ठले गल्ती भएको कुरामा अाफु न्यायिक पक्षमा लाग्ने प्रमुख बाट आस्वासन पाएको बताएका छन । आगामी आन्दोलन निर्वाचन आयोगको र नगरपालिका प्रमुखको भूमिकामा निर्भर हुने उनले बताए ।

 

यस प्रकरणमा संलग्न वडा अध्यक्षलाई बुढानिलकण्ठका प्रमुखले कारवाही नगरे सशक्त प्रतिकार गर्ने र आन्दोलनमा उत्रिने नेपाली कांग्रेस बुढानिलकण्ठका युवा नेता बद्री भट्टराईले बताए ।फोटो सौजन्य : सानु श्रेष्ठ

 

तपाइँको प्रतिक्रिया ।