नगरपालिकामा लागेको तालाको चावी नगर प्रमुखको हातमा छ: रविन अधिकारी

नगरपालिकामा लागेको तालाको चावी नगर प्रमुखको हातमा छ: रविन अधिकारी

कपन अनलाइन 

काठमाडौ,भाद्र ५।

बुढानिलकण्ठ नगरपालिकामा अहिले तालावन्दी भएको छ ।निर्वाचन आयोगको मतदाता नामावली संकलन एमाले नेताको घरमा गरिएको भन्दै भाद्र ४ गते नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नगरपालिकाको कार्यालयमा तालावन्दी गरेका छन । यसै सन्दर्भमा कपन अनलाइनले नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिका प्रमुख रविन अधिकारी संग संक्षिप्त कुराकानी गरेको थियो।

बुढानिलकण्ठ नगरपालिकाको तालावन्दी कहिले सम्म रहला भन्ने कपन अनलाइनको प्रश्नमा अधिकारीले निर्वाचन आयोगले अहिले सम्म संकलन गरेको सम्पूर्ण नामावली खारेज गरेर नगरपालिकाका सबै मतदान केन्द्रमा पुन मतदाता नामावली संकलन नभएसम्म ताला खोल्न असमर्थ रहेको उनले बताए ।

गलत कामको प्रश्रय कसैले गर्नु नहुने र यस्ता कुराको विरोध गर्ने सबै जनताको अधिकार भएको बताउदै उनले यसको समाधानमा नगरपालिका प्रमुख उद्दव खरेलले भूमिका खेल्नु पर्ने बताए । नगरपालिकामा लागेको तालाको साँचो नगरपालिका प्रमुखको हातमा रहेको छ उहाको पहल जहिले हुन्छ त्यसै वेला नगरपालिकाको गेटमा लागेको ताला खुल्ने उनको भनाई रहेको थियो।

यसको तत्काल समाधान भनेको सर्वपक्षीय समिति बनाएर घटनाको छानविन गर्नु पर्ने र यसको पहलकदमी नगरपालिका प्रमुखले लिनु पर्ने अधिकारीले बताए । आपसी छलफल गरेर समस्या समाधान गर्नु पर्ने पक्षमा आफु रहेको उनको भनाइ थियो ।

नगरपालिकामा आउने सेवाग्राहीहरुलाई तालावन्दीले पारेको  समस्या आफुले बुझेको र यसको समाधानको उचित बाटो खोज्न सबै पक्ष संबेदनशील बनेर लाग्नु पर्ने अधिकारीले कपन अनलाइनलाई बताए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।