बुढानिलकण्ठ नगरपालिकामा तालावन्दी

बुढानिलकण्ठ नगरपालिकामा तालावन्दी

कपन अनलाइन

काठमाडौ,भाद्र ४ ।

मतदाता नामावली संकलन एमाले नेताको घरमा गरिएको भन्दै बुढानिलकण्ठ नगरपालिकामा तालावन्दी गरिएको छ । श्रावण १६ देखी भाद्र ३ गते सम्म गरिएको मतदाता  नामावली संकलन एमाले नेता दिपक निरौलाको घरमा गरिएको भन्दै भाद्र ३ गते वेलुका स्थानीयहरुले घर घेराउ गरेका थिए ।

अहिले सम्म संकलन भएका सम्पूर्ण नामावली खारेज गरी नयाँ प्रक्रिया बाट नामावली संकलन गर्नु पर्ने  नेकपा माओवादी बुढानिलकण्ठ प्रमुख रविन अधिकारीले बताए । यो नितान्त गलत भएको र प्रक्रिया खारेज नभए अझै ससक्त आन्दोलन गर्ने उनले बताए ।

एमालेले शक्ती र सत्ताको प्रयोग गरेर अबैधानिक काम गरेको र यो सम्पूर्ण प्रक्रिया खारेज गरेपछि मात्र नगरपालिका कार्यालय खोल्नु पर्ने नेपाली कांग्रेसका नेता न्ह्युछे नारायण श्रेष्ठले कपन अनलाइनलाई बताए ।

अहिले सम्म संकलन भएका सम्पूर्ण नामावली पुन संकलन गर्नु पर्ने र यो हरेक मतदान केन्द्रमा छुट्टाछुटै हुनुपर्ने नेपाली कांग्रेस क्षेत्रीय सचिव विनोद चालिसेले बताए । यो नहुदा सम्म आन्दोलन जारी राख्ने उनको भनाई   थियो ।

निर्वाचन आयोगले भाद्र ३ गते सम्म गरेको मतदाता नामावली संकलन कार्यालय  बाहेक अन्य स्थानमा पनि गरिएको फेला परेपछी नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र स्थानीयहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन ।

तपाइँको प्रतिक्रिया ।