बुनपा ११ जगडोलमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न

बुनपा ११ जगडोलमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,भाद्र ४।

बुढानिलकण्ठ नगरपालिका वडा ११  जगडोल  (यज्ञडोल) बाल उधान परिसरमा   नेपाली राष्ट्र गानका  रचनाकार  प्रदिप कुमार राई (ब्याकुल माइला ) को प्रमुख आतिथ्यतामा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा विशेष अतिथि द्वय गोकर्णेश्वोर नगरपालिकाका प्रमुख  सन्तोष चालिसे र बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धब खरेल , बुनपा ११ को वडा अध्यक्ष राजु अधिकारी ,,गोन पा वडा ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारी ,जिला खेल्कुद बिकास बाट धुर्ब राज न्यौपाने ,जगडोल रास्ट्रीय सहिद तथा निजामती पार्कका अध्यक्ष सुदर्शन सिग्देल ,समाजसेवी  दुर्गा बहादुर खत्री, बुनपा  ११ का वडा सदस्य बिमल लामा, पत्रकार र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा झण्डा पार्कमा बिधिबत रुपमा पुजा गरी  नेपाली राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला लगायत अन्य अथितीहरुले झन्डोत्तोलन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख चालिसेले जगडोलका युबाहरुको सक्रियताको प्रसंसा गरेका थिए  र आफू सधै बिकासको लागी  सक्ने पहल गर्ने उनले बताए  ।

कार्यक्राममा रङ ब्यान्ड ले आफ्नो प्रस्तुति दिएको थियो त्यस्तै गरी  बुढानिलकण्ठ नगरपालिका प्रमुख  उद्दब खरेलले बिकासका लागी  उचित  योजनाका साथ आएमा  आर्थिक कठिनाई नपर्ने र सधैं सहयोग रहने साथै युबा जुटे बिकास सम्भब रहेको बताए  ।

कार्यक्रम का प्रमुख अतिथी ब्याकुल माइलाले झन्डाले रास्ट्र र रास्ट्रीयता झल्कने देश प्रेम बढनुका साथै स्वाभिमान बड्ने बताउनु भयो ,साथै युबाहरु यसरी नै एक जुट हुन अनुरोध गरेका थिए ।  कार्यक्रमको सभाध्यक्षता  जगडोल रेसिडेण्ट ग्रुपका अध्यक्ष राजेश पौडेलले गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।