कीर्तिपुर नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

कीर्तिपुर नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,भाद्र ४ ।

कीर्तिपुर नगरपालिका वडा नं ५ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार ,विस्तार र निर्माण गरी वडामा सहज यातायातको संजाल बनाई नमुना वडाको रुपमा विकास गर्ने अध्यक्ष राजेन्द्र कुमार महर्जनले बताए ।

यस्ता सडकहरुमा जाखा हाइट इन्चोगाउँ हुदै अजय मार्ग सम्म ढल निकास गर्ने, सन्जय सिंह मागमा रिटेनिङ वाल तथा ग्राबेल गर्ने, इन्चोगाउँ सन्तलालको घरबाट जाखा जाने बाटो रिटेनिङ वाल सहित विस्तार गर्ने, इन्चोगाउँ भित्रि बाटो वाल सहित ड्रेन र ग्राबेल गर्ने, इन्चोगाउँ पिपलबोट देखी ३६ फिटे बाटो सम्म राजकुलोमा सडक विस्तार गर्ने, टोल भित्रको गोरेटो बाटो आवश्यकता हेरी ढुङ्गा तथा इट्टा छाप्ने, भण्डारीगाउँ जाने बाटो मर्मत ग्राबेल गर्ने, सानो खोला बाट लगन खेल निस्कने बाटो ठुला बनाइने,सानो खोलामा दुवै तर्फ पर्खाल लगाउने, भत्केको पाटी देखी सिमखोला सम्म बाकी रहेको रेटिनिङ वाल बनाउने, ध्वाङ विनाको घर देखी समचा सम्मको बाटो स्तरउन्नती गर्ने, धुसो समचा जाने बाटो र धुसी विहार देखी साविक वडा नं ११ भवन सम्म बाटो ढलान गर्ने,इवागोल चोकबाट जिवन्तनगर नयाबस्ती सम्म बाटो मर्मत, तल पोखरी देखी वश्वर जाने बाटो ढलान गर्ने, सिकुछे देखी वालचा जाने बाटो सुधार गर्ने, दिउखेलको गणेश मन्दिर देखी वाकुनानी सम्म बाटो सुधार गर्ने र राराहिल टौदह मार्गको जाखा हाइटको ओरालोमा ढलान गर्ने योजना रहेको वडा नं.५ का अध्यक्ष महर्जनले बताए ।

किर्तिपुर नगरपालिका वडा नं ५को खानेपानी समस्याको समाधानका लागी सार्वजनिक धारा पिनिकेव, खिपाउती, सिकुछे दोकाफल वाकुनानीमा पनि आउने बनाउने, जाखा इन्चोगाउँ खानृपानी लाइनइलाई ४ इन्चको बनाई विस्तार गरी इन्चोगाउँ हुदै विजय महर्जनको घर सम्म विस्तार गर्ने, विस्ट्रगाउ पिपल बोट सम्म खानेपानी पाइप लाइन विस्तार गर्ने, दूध पोखरीको पानी घरघरमा वितरण गर्ने, दहन स्थित चार धारामा पानी जम्मा गर्न ५००० लिटरको पानी टयान्कीको व्यवस्था गर्ने र खानृपानीको समय तालिका अनुसार ठाउँ ठाउँमा नियमित सुचारु गर्ने साथै इन्चोगाउँमा उपयुक्त स्थानमा २ लाख लिटरको पानी टयान्की निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष महर्जनले बताए ।

जेष्ठ नागरिकलाई सम्मान गर्ने साथै प्रत्येक महिनामा जेष्ठ नागरिकको स्वस्थ्य परिक्षण गर्ने र अशक्त जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने योजना वडाले बनाएको छ ।

वडामा रहेका सार्वजनिक जग्गा संरक्षण गर्ने, मुख्य चोकमा सौर्यबत्ती जडान गर्ने, सार्वजनिक चौरमा बस्नको लागी  बेन्चको व्यवस्था गर्ने र टोलमा एउटा बाल उधान तथा खेलकुद सामग्री सहितको पूर्वाधार निर्माण गर्ने योजना वडा नं. ५ले बनाएको छ ।

महिलाहरुको नेतृत्व विकासका लागी उद्धोषण तालिम तथा अन्य सीपमुलक तालीम संचालन गर्ने साथै उत्पादन भएका सामानको लागी बजार व्यवस्थापनमा सहयोग गर्ने, विभिन्न संघ संस्था सरकारी निकायमा महिलालाई भ्रमण गराउने र कृषि लागी  आधुनिक मेसिन र आवश्यक तालीम  संचालन गर्ने योजना वडा नं ५ ले बनाएको छ ।

वडामा रहेको शैक्षिक गुणस्तरको लागी  आवश्यक पहल गर्ने, सामुदायिक भवनमा योग संचालन गर्ने, वडा बासीको लागी  हप्ताको एक पटक स्वस्थ्य परिक्षण निशुल्क गराउने र बालबालिकाको लागी  लाइबेरी र टयुसन कक्षा संचालन गर्ने योजना वडाले बनाएको छ ।

वडा भित्र रहेको धार्मिक तथा सांस्कृतिक सम्पदाहरु संरक्षण गर्ने, मौलिक बाजा संस्कृती लोप हुन नदिन संरक्षण गर्ने र इन्चोगाउँ मगर बस्तीमा मगर भाषा प्रशिक्षण केन्द्र खोली संस्कृति र भेषभुषा संरक्षण गर्ने योजना वडा नं.५ले बनाएको छ ।

वडा भित्र रहेका ढल निकासको व्यवस्था गर्न पहल गर्ने, भुक्षय, पहिरो तथा बाढी रोकथामको लागी खोलामा बाध बनाउने, साविक वडा नं ११ का वडा भवन अगाडीको ढोका पुन निर्माण गर्ने र घरमा उत्पादन भएका फोहोर घरमा नै व्यवस्थापन गर्न र प्लास्टिक प्रयोगमा न्यूनीकरण गर्न जनचेतना जगाउने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडामा  सेवा लिन आउने सेवाग्राहीहरुलाई मुस्कान सहितको छिटोछरितो सेवा प्रधान गर्ने योजना रहेको वडा अध्यक्ष महर्जनले बताए ।

कीर्तिपुर नगरपालिका वडा नं.५मा अध्यक्ष महर्जनको साथमा पबित्रा विष्ट, दिपेन्द्र विष्ट, विक्रम महर्जन र लक्ष्मी रोक्का जनप्रतिनिधि रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।