ओम हस्पिटल कर्मचारी युनियनमा नयाँ नेतृत्व

ओम हस्पिटल कर्मचारी युनियनमा नयाँ नेतृत्व

कपन अनलाइन 

काठमाडौ,भाद्र २ ।

ओम हस्पिटल हस्पिटल एण्ड रिसर्च सेन्टरको कर्मचारी युनियनको श्रावण २७ गते सम्पन्न पाँचौ साधारण सभा बाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा  सम्मान कार्यक्रम अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्ष डा . धुर्व मुडभरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा डा .मुडभरी,  अस्पताल प्रबन्ध निर्देसक बाबुकाजी कार्की ,संचालक चन्द्रबन्धु अर्याल ,संचालक डा .आनन्द श्रेष्ठ ,संचालक बिजय मल्ल सहित अस्पतालका डाक्टर र कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डा.मुडभरीले अस्पताल व्यवस्थापन र कर्मचारी युनियनको सहकार्य राम्रो भएमा अस्पतालको सेवा र संस्थाको प्रगती हुने बताए भने उनले कर्मचारीको हकहित सधै आफ्नो प्राथमिकतामा परेको र अझै पर्ने धारणा व्यक्त गरे ।

हस्पिटलका निर्देसक कार्कीले अस्पतालमा सेवा लिन आउने विरामीलाई सहि व्यवहार र सुविधा दिन सके मात्र अस्पतालको मूल उदेश्य पुरा हुने बताए । त्यसका लागी कर्मचारीहरुल्लाई दक्ष बनाउदै अस्पतालले आधुनिक सेवा प्रदान गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरुले अस्पतालको हितमा कर्मचारी र अस्पताल हातेमालो गरेर अगाडी बढ्नु पर्ने र युनियनले गर्ने राम्रो काममा सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा  युनियनका नवनिर्वाचित अध्यक्ष केसव चौलागाईले आफु धेरै चुनौतीका विच बाट नेतृत्वमा आएको हुदा अस्पताल व्यवस्थापनको व्यवहार अनुसार आगामी दिनमा आउने चुनौती सामना गर्दै अस्पतालको विकास र समृद्धि तथा कर्मचारीको हितलाई केन्द्रमा राखी काम गर्ने बताए।

पाँचौ साधारण सभा बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरु : 

अध्यक्ष : केसव प्रसाद चौलागाईं

बरिष्ठ उपाध्यक्ष : भवानी शंकर चौलागाईं

उपाध्यक्ष : विक्रम मुडभरी

सचिव : नविन क्षेत्री

सह सचिव : जनार्दन खनाल

कोषाध्यक्ष : मिनु गुरुङ

सह कोषाध्यक्ष : सुमिना कर्माचार्य

सदस्य : विरेन्द्र प्रसाद यादव

सदस्य : सीता धामी

सदस्य : लदार चौधरी

सदस्य : ज्वाला सुवेदी

सदस्य : मोक्षदा दाहाल

सदस्य : पुजा भण्डारी

सदस्य : सरिता श्रेष्ठ

सदस्य : पुजा तुलाधर

सदस्य : असोक लामा

सदस्य : नारायण प्रसाद पराजुली

 

तपाइँको प्रतिक्रिया ।