सुन्दरीजल मुलखर्क वस सेवा संचालन

सुन्दरीजल मुलखर्क वस सेवा संचालन

कपन अनलाइन

काठमाडौ,भाद्र १ ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ को सुन्दरीजल,चिलाउने, मुलखर्क,ओख्रेनी वस सेवा संचालनमा आएको छ। गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उक्त  सिटी बस यातायात सेवा सञ्चालनको समुद्घाटन गरेका थिए ।

यो वडाका माथिल्लो भूभाग अहिले सम्म यातायात को सुविधा बाट बन्चित रहेको थियो । शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज भित्र पर्ने मुलखर्क र    ओख्रेनीमा अव यातायातको सुविधा प्राप्त भएको छ ।

यातायातको सुविधा भएपछी अव त्यस क्षेत्रको पर्यटन र व्यापार बढ्ने स्थानीयहरुको विस्वास छ । अहिले सम्म हामी सुन्दरीजल बाट हिड्ने बाध्यतामा रहेका हामीलाई अव आफ्नो सामान  र उत्पादन घर बाट नै विक्री वितरण गर्न पाउने भएका छौ यसमा हामी निकै खुसी छौ।

सिटी वस संचालनले यस नगरपालिकाको वडा नं १ को विकासमा निकै ठुलो सहयोग गर्ने नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताए।

फोटो  सौजन्य : भापी पौडेल

तपाइँको प्रतिक्रिया ।