तोला ५ सय २ रुपयाँ बढ्यो सुनको मूल्य

११ वैशाख, काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय २ रूपैयाले उकालो लागेको छ । बुधबार प्रतितोला रू ५१ हजारमा किनबेच भएको सुनको मुल्य ५ सय २ रूपैयाले बृद्धी भइ आज प्रतितोला ५१ हजार ५०२ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु ५० हजार ७५० मा कारोबार भएकामा आज रु ५१ हजार २५० कायम भएको छ ।
0831_gold_630x420-1358881868486
यता, असली चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला रू ९०० मा कारोबार भइरहेको छ । महासङ्घका अध्यक्ष शाक्यले बजारमा सुनको मागअनुसारको आपूर्ति हुन नसक्दा अभाव देखापरेकाले कारोबारमा समस्या रहेको बताएका छन्

तपाइँको प्रतिक्रिया ।