४० औ वसन्तमा नट आउट सचिन

११ बैशाख, काठमाडौ । विश्व क्रिकेटका महान् खेलाडी सचिन तेन्दुकर आजदेखी ४० औ वसन्तमा प्रवेश गरेका छन् । विश्व क्रिकेट कहिल्यै नमेटिने नाम बनाएका सचिनले आज आफ्नो ४० औ जन्मजयन्ति मनाउँदै छन् ।
मास्टर ब्लास्टरका रूपमा समेत चिनिने सचिनको पूरा नाम सचिन रमेश तेन्दुलकर हो । उनको सन् १९७३ मा आजकै दिन जन्म भएको थियो । क्रिकेटमा आफ्नो नाम स्थापित गरिसकेका सचिनले सन् १९८९ मा भएको पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटबाट अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेका हुन् । पहिलो टेस्टमा उनले मात्र १४ रन जोडेका थिए भने उनलाई सोहि खेलमा डेब्यु गरेका पाकिस्तानका बलर वाकर
युनिसले पेभेलियन फर्काएका थिए । सचिनले एक खेलमा निकै आक्रमाक ब्याटिङ गर्दै मात्र १८ बलमा ५३ रन जोड्न सफल भएका थिए । उनले यसै बेला भएको एकदिवसीय खेलमा भने कुनै रन जोड्न सकेका थिएनन् । sachin_tendulkar-wallpaper
सचिनले अहिलेसम्म खेलेका १ सय ९८ वटा टेस्टमा ५३.८६ को औसतमा १५ हजार ८३७ रन जोडेका छन् भने ४ सय ६३ वटा एकदिवसीय खेलमा ४४.८३ को औसतमा १८ हजार ४२६ रन जोडेका छन् । उनले टेस्ट क्रिकेट तथा एकदिवसीय क्रिकेटमा सर्वाधिक शतकको रेकर्ड समेत बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ५१ र एकदिवसीय क्रिकेटमा ४९ वटा शतक बनाएका छन् । उनको यो रेकर्डको पछाडि नजिकै कोही पनि छैनन् र क्रिकेटमा सचिनको यो रेकर्ड तोड्ने अर्को खेलाडि जन्म नै हुन नसक्ने समेत बताइन थालेको छ ।
आज जन्मदिनको दिन उनले जारी आइपिएलमा कलकोत्ता नाइट राइडर्सविरूद्ध ब्याटिङ गर्नेछन् ।
सचिनलाई जन्मदिनको शुभकामना…

तपाइँको प्रतिक्रिया ।