मतदाता नामावली संकलन अव भाद्र ३ गते सम्म

मतदाता नामावली संकलन अव भाद्र ३ गते सम्म
कपन अनलाइन 
काठमाडौ,साउन ३१ । 

निर्वाचन आयोगले भाद्र ३ सम्मको लागी मतदाता नामावली संकलन गर्ने जनाएको छ। यसै अनुरुप यस बूढानिलकण्ठ नगरपालिकामा पनि अब शनिबार सम्म फोटो खिचाउने काम निरन्तर चल्नेछ ।
अत्यधिक चाप व्यवस्थित गर्न श्रावण ३२ गते  दर्ता नं २५०० सम्मका फारम मात्र इन्ट्री गरिने बुढानिलकण्ठ नगरपालिकाले जनाएकोछ । 
मतदाता नामावलीमा अजाही पनि विरामी र बृद्धवृद्धाहरु जो हिड्डुल गर्न सक्दैनन उनीहरु छुट्ने सम्भावना बढेको छ।  यो म्याद थप संगै छुट्टै सम्पर्क नम्बर दिएर नगरपालिकाले त्यस्ता जेष्ठ नागरिक र असक्तहरुलाई  घरमै वा सहज रुपले फारम भर्ने व्यवस्था गर्न सके यो झन प्रभावकारी हुने देखिन्छ । 
तपाइँको प्रतिक्रिया ।