सरोकार समाज नेपालको अन्तरसंवाद कार्यक्रम सम्पन्न

सरोकार समाज नेपालको अन्तरसंवाद कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,साउन २७।

सरोकार समाज नेपालको अन्तरसंवाद कार्यक्रम शुक्रबार काठमाण्डौको पर्यटन बोर्डमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिबसको सन्दर्भमा “समृद्दि र शान्तिको लागी युवाको भुमीका” भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो भनाई राखेका थिए ।

 

कार्यक्रममा युवा परिषदका उपाध्यक्ष माधब ढृङ्गेल, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण अर्याल , बुडानीलकण्ठ नगरपालीकावडा नं  १० का वडाध्यक्ष नवराज भट्टराई , अधिबक्ता नवराज थपलीया, शैक्षिक अभियन्ता अजय रेग्मी , सहकारीकर्मी  केशब दंगाल , हाइड्रो पावर क्षेत्रका डेडराज खड्का , पत्रकार मात्रीका पौडेल लगायतको उपस्थिति रहेको थियो ।

आयोजक संस्थाकी अध्यक्ष यसु कुमारी लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा वक्ताहरुले युवाहरु विदेसमुखी भन्दा स्वदेस मै रोजगार मुलक काममा आफ्नो श्रम र शिप खर्च गर्नु पर्नेमा जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।