नागार्जुन नगरपालिका वडा नं ५ को हरिसिद्धि बाट बस सेवा संचालन

नागार्जुन नगरपालिका वडा नं ५ को हरिसिद्धि बाट बस सेवा संचालन

कपन अनलाइन 

काठमाडौ,साउन २६ ।

नागार्जुन नगरपालिका वडा नं ५ को हरिसिद्धि बाट एनएसी सम्म बस सेवा विहीबार बाट संचालनमा आएको छ ।

नागार्जुन नगरपालिका ५ नं. वडा कार्यालयको पहलमा राष्ट्रिय सार्वजनिक यातायातले १० वटा बस चलाउन सुरु गरेको हो ।हरिसिद्धि देविस्थानबाट सुरु भई थापाचोक,शरणपुर,सीतापाइलाचोक,स्वयम्भू,भगवानपाउ,बिजेश्वरी,ढल्कु,कालधारा,नयाँबजार,सोह्रखुट्टे,जमल,पुरानो बसपार्क हुँदै एनएसीसम्म पुग्नेछ ।

नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले यातायात सेवाको उद्घाटन गर्दै विकास नगरपालिकाको प्राथमिकतामा रहेको र यातायातले यसलाई सहयोग पुग्ने धारणा राखिन् । स्थानीयबासीको आवश्यकतालाई मध्यनजर गर्दै आरम्भ भएको यो सेवाको निरन्तरताका लागि सबैको सहयोग आवश्यक भएको वडा अध्यक्ष महेश रिमालले बताए । बस सेवा सञ्चालनबाट वडाको विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले थपे ।

आफ्नै घरआँगनबाट सेवा थालिएपछि सर्वसाधारण उत्साहित देखिएका छन् ।यसअघि बस सेवा नहुँदा आवतजावतमा कठिनाई थियो ।भीमढुङ्गाबाट चल्ने बसले यात्रुको चाप धान्न सकिरहेको थिएन । अव त्यस क्षेत्रका जनताहरुलाई यातायातको सुविधाले निकै सहयोग पुग्ने देखिएको छ ।

फोटो सौजन्य :  वडा नं ५ का अध्यक्ष महेश रिमाल

तपाइँको प्रतिक्रिया ।