वालउद्दार मावीलाई कर्मा छिरिंग शेर्पाको खेलकुद सामाग्री सहयोग

वालउद्दार मावीलाई कर्मा छिरिंग शेर्पाको खेलकुद सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौ,साउन २५ ।

टि आइ ए विद्यालय हात्ती गौडाका व्यवस्थापन समितिका अध्यक्ष एबम समाजसेवी कर्मा छिरिंग शेर्पाले वालउद्दार मावी बुनपा १० लाई खेलकुदका सामाग्री सहयोग गरेका छन ।विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा शेर्पाले टेवल टेनिस बोर्ड ,फुटबल र भलिवल विद्यालयका प्रधानअध्यापक होमनाथ वाग्लेलाई हस्तान्तरण गरेका थिए।

खेलकुदका साथमा १५ जना गरिव तथा विपन्न विद्यार्थीहरुलाई  विद्यालय पोसाक समेत प्रदान गरिएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु शिव बजगाई ,नारद भण्डारी ,भिम आचार्य ,विद्यालयका सहायक प्रधानअध्यापकहरु राजन रेग्मी र बासु गुरागाईं ,कपन बहुमुखी क्याम्पसका प्रमुख भुमिदत्त पौडेल ,विद्यालय खेलकुद इन्चार्ज मुरारी ढकाल लगायतको उपस्थिति रहेको थियो ।

वालउद्दार मावीमा बिज्ञान ,व्यवस्थापन शिक्षा र मानविकीका ४ वटै संकायमा करिव ५०० विद्यार्थी अध्ययन गर्दै आएका छन।आउदो भाद्र महिना देखी विद्यालयमा ट्रयाकशुट अनिवार्य गरिने कार्यक्रमका संचालक डोर प्रसाद आचार्यले बताए ।

विद्यालयलाई सहयोग गरेका शेर्पा हिमालयन शेर्पा क्लवका अध्यक्ष हुन् भने एन्फाका पुर्व उपाध्यक्ष पनि हुन् ।

तपाइँको प्रतिक्रिया ।