बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा सार्वजनिक सुनुवाई सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा सार्वजनिक सुनुवाई सम्पन्न

कपन अनलाइन 

काठमाडौ,साउन २२ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको सापाटार सामुदायिक संस्थाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बुनपा वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो  ।

गरिवी निवारण कोषको सहयोग र स्थानीयहरुको पहलमा सो सामुदायिक संस्थाले बचत तथा ऋणको काम गर्दै आएको छ । न्यून आय भएका स्थानीयहरुलाई आयमुलक र शिपमुलक कार्यक्रम संचालन गर्दै जीवनस्तर सुधार्न यस संस्थाले विभिन्न गतिविधिहरु गर्दै आएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले वडा नं १३ लाई आर्थिक,भौतिक,सांस्कृतिक र सामाजिक रुपमा सम्पन्न र नगरपालिकाको नमुना वडा बनाउने अभियानमा सबैले सहयोग गर्नु पर्ने बताए  । वडालाई पर्यटनको  केन्द्र बनाउन केहि विशेष कार्यक्रम तयार गरिरहेको उनले     कार्यक्रममा खुलासा गरे ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अमीर नगरकोटीले गरेका थिए । फोटो सौजन्य :अमीर श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।