बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा सिद्धेस्वर योग साधना केन्द्रको योग सिविर उद्घाटन

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा सिद्धेस्वर योग साधना केन्द्रको योग सिविर उद्घाटन

कपन अनलाइन 

काठमाडौ,साउन २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको माउन्ट एभरेस्ट मावीमा शिक्षक तथा अभिभावकहरुलाई योग तालीम सुरु गरिएको छ ।सिद्धेस्वर योग साधना केन्द्रको संयोजनमा सुरु गरिएको सो सिविरको उद्घाटन बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईले गरेका थिए ।

उक्त उद्घाटन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,योग गुरु भानुभक्त दाहाल ,संरक्षक चन्द्र प्रसाद सिवाकोटी ,नारायण थापा लगायतको उपस्थिति रहेको रहेको थियो ।

सिद्धेस्वर योग साधना केन्द्रले बुढानिलकण्ठ नगरपालिका वडा नं १० को शिव मन्दिर र वडा नं १२ को प्रशान्ति शिक्षा सदनमा पनि योग सिविर संचालन गर्दै आएको शिविरका संयोजक श्याम  पोखरेलले बताए ।

अहिले बुढानिलकण्ठ नगरपालिकाको विभिन्न स्थानमा अहिले यस्ता योग सिविरहरु संचालन हुदै आएका छन ।कुनै संघ संस्थाले यस्ता योग सिविर संचालन गर्नका लागी चाहेमा सिविर संचालन गर्न सहयोग गर्ने योग केन्द्रकी अध्यक्ष  कमला पाण्डेले बताइन।

तपाइँको प्रतिक्रिया ।