नेफस्कुन चावहिल फिल्ड कार्यालयको अन्तरक्रिया सम्पन्न

नेफस्कुन चावहिल फिल्ड कार्यालयको अन्तरक्रिया सम्पन्न

 

कपन अनलाइन 

काठमाडौ,साउन २२।

नेपाल बचत तथा ऋण केन्द्रिय  सहकारी संघ लिमिटेड चावहिल फिल्ड कार्यालयले बुढानिलकण्ठ नगरपालिकाका सहकारी संस्थाहरुको सहभागितामा अभिमुखीकरण सम्पन्न गरेको छ ।

नेफस्कुनका केन्द्रिय अध्यक्ष डी वी बस्नेत को प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल र उप प्रमुख रमा राई ,कस्कुनका अध्यक्ष केसव दंगाल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा जनप्रतिनिधिहरु र बुढानिलकण्ठ नगरपालिकामा संचालित सहकारीहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष डी वी बस्नेतले नेपालका धेरै सहकारीहरुले मुल्य मान्यतामा रहेर सहकारी अभियानलाई बलियो बनाउन लाग्नु पर्ने बताए । उनले नेफस्कुनमा आवद्ध नभएका सहकारीहरुलाई  जोडिने वातावरण बनाउन आग्रह पनि गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि उद्दव खरेलले सहकारी अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएकोले यसलाई अझ मजबुत पार्दै लैजानु पर्ने बताएका थिए। बुढानिलकण्ठ नगरपालिका भरिका सबै सहकारीहरुलाई एक सुत्रमा बाधेर सहकारी मैत्री नगरपालिका बनाउने अभियानमा लाग्न सहभागीहरुलाई अनुरोध गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेफ्स्कुन फिल्ड कार्यालय चावहिलकी सुना गुरुंगले कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

कार्यक्रमको अध्यक्षता नेफ्स्कुनका संचालक एबम चावहिल फिल्ड कार्यालय प्रमुख दिपक पनेरुले गरेका थिए भने संचालन बिमला अधिकारीले गरेकी थिईन ।

तपाइँको प्रतिक्रिया ।