नागार्जुन नगरपालिका वडा नं ६ का योजना तथा कार्यक्रमहरु

नागार्जुन नगरपालिका वडा नं ६ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन २०।

नागार्जुन नगरपालिका वडा नं ६ भित्र पर्ने मुख्य तथा सहायक सडकहरुको मर्मत ,विस्तार र सुधार गरी वडाका हरेक गाउँ र टोल सम्म सहज आवगमनको व्यवस्था मिलाउने प्रमुख योजना रहेको वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीले बताए ।

वडा नं ६ का मुख्य तथा सहायक सडकहरुमा डाडागाउँ टुसाल देखी पोखरी डाडा हुँदै हवल्दार बस्ती नया बाटो खोली ग्राबेल गर्ने ,फस्कु घट्टे खोला सडक बाल सहित ड्रेन बनाइ ग्राबेल गर्ने ,महादेव मन्दिर बाट हाकेको चौतारा सम्म केही भागमा आवश्यकता हेरि ढलान गर्ने ,भारती गाउँ बाट डाडागाउँ जाने केही भाग ढलान गर्ने ,सितापाइला कोटेश्वर भैरब मन्दिर कोतस्य हुँदै सिताराम स्कुल सम्म बाटो स्तरुन्नती गर्ने ,राम काकाको घरर्देखी सानुराजाको घरसम्म बाटो मर्मत गर्ने ,खरिटार हाइटको बाटो मर्मत गर्ने ,बाफल महाकाल सडक मर्मत ,आपको बोट देखी कुते सडक केही खण्ड ढलान गर्ने योजना रहेको अध्यक्ष बुढाथोकीले बताए ।

वडा नं ६ को खानेपानी समस्याको समधानका लागी डाडागाउँ बिमिरे खानेपानी मुहान संरक्षण गर्दै ट्यन्की निर्माण गरि पानी बितरण गर्ने ,उमागाउँ खानेपानी पाइप लाइन ब्यबस्थित गर्ने र तेह्रघरे खानेपानी ब्यबस्थित गर्ने योजना वडा नं ६ ले बनाएको छ ।

वडा नं ६ का सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी संरक्षणका विशेष कार्यक्रम बनाउने योजना वडा नं ६ ले अगाडी सारेको छ ।

यसका साथै डाडागाउमा गणेशमान पार्क निर्माणको लागि पुर्वाधार निर्माण गर्ने , टौखेलमा ज्योती  प्रावी बाल उधान निर्माण गर्ने, डाडागाउ भ्यु टावर सहितको बनभोज स्थल निर्माण गर्ने , वडा नं ७ सङ समन्वय गरी  स्विजर्ल्यान्ड पार्कलाई ठुलो पार्कको रुपमा ब्यबस्थित गर्ने योजना वडा नं ६ को रहेको छ ।

वडा नं ६ बासिन्दाहरुले भोगेको यातायातको समस्या समधानका लागी सितापाइला बाट सिताराम स्कुल हुँदै हाकेको चौतारो-कसारथोक -फस्कु हुँदै सितापाइला चोक निकाल्ने माइक्रोवस  संचालन गर्ने साथै बाफल महाकाल सडकमा पनि माइक्रो सन्चानन गर्ने तयारी द्रुत गतिमा अगाडी बढेको अध्यक्ष बुढाथोकीले बताए ।

जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने व्यवस्था मिलाएको वडा नं ६ ले उनीहरुका लागी विश्रामस्थल निर्माण गर्ने योजना पनि बनाएको छ ।

वडा नं ६ मा रहेको स्वस्थ्य चौकीलाई स्तरुन्नती गरि १५ सैयाको अस्पताल बनाउने दीर्घकालीन योजना रहेको अध्यक्ष बुढाथोकी ले बताए ।

वडा नं ६ का धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने विशेष योजना वडाको रहेको छ जसमा कल्पेश्वोरी कोटोश्वोर भैरब मन्दिर, कोतादेबी लगायत अन्य यस वडामा पर्ने मठ मन्दिरको आवश्यक मर्मत गरी संरक्षण गर्ने अध्यक्ष बुढाथोकीले बताए ।

वडामा रहेका छ्ङ्छगे खेल मैदान र कल्छेमनी खोलालाई ब्यबस्थित गर्नुका साथै सेतो गुम्बालाई पर्यटकीय स्थल बनाउने योजना विशेष प्राथमिकतामा रहेको वडा नं ६ ले बतायो ।

वडा नं ६ का  महिला तथा युबालाई स्वोरोज्गार मुलक शिपमुलक तालिम संचालन गर्ने र शिक्षाको गुणस्तर वृद्धिको लागि आवश्यक पहल गर्ने योजना रहेको अध्यक्ष बुढाथोकीले बताए ।

वडा नं ६ का विभिन्न स्थानमा र मुख्य चोकहरुमा सडक बत्तीको ब्यबस्था गर्ने र वडालाई नमुना वडाको रुपमा विकास गर्ने अभियानमा रहेको अध्यक्ष बुढाथोकीले बताए ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।